logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • चितवनका किसानलाई आफ्नै बारीमै जान छैन छुट, भारतीय केरा छ्यापछ्याप्ती एक ट्रक समातियो

    चितवनका किसानलाई आफ्नै बारीमै जान छैन छुट, भारतीय केरा छ्यापछ्याप्ती एक ट्रक समातियो

    1.9K
    Shares

    वैशाख १२ , चितवन । केहि दिन देखि परिरहेको असिना र हावाहुरीका पूर्वी चितवनमा लगाइएको केराखेतीमा करोडौको क्षति पुगेको छ । बिशेष गरेर केराको पकड क्षेत्र पूर्वी चितवन र पश्चिम चितवन भए पनि पूर्वी चितवनमा लगाइएका केराखेतीमा आंशिक तथा पूर्णरूपमा क्षति पुगेको हो ।

    एकातिर प्राकृतिक प्रकोपको मार किसानले खेपेका छन् भने अर्कोतिर उत्पादन भएका केरा लकडाउनले बजारसम्म पुग्न सकेका छैन भने भारतीय केराहरु भने निर्वाद रुपामा आयात भएको र चितवनमै एक ट्रक केरा चितवन प्रहरीले नियन्त्रणमा लिएको केरा उत्पादक संघ, चितवनका अध्यक्ष घननाथ महतोको भनाई छ।

    एकातिर देश लकडाउनको अवस्थामा छ अर्को तिर प्राकृतिक प्रकोपको ब्रजपात पनि केरा खेति माथी परेको छ। किसानहरु र श्रमिक हरु आफ्नै बारीमा जान नसक्ने अवस्था भएकोले आफूहरुले ठुलो पिडा खेपिरहेको मार्कण्डेय केरा उत्पादक कृषि सहकारीका अध्यक्ष धुर्ब ढुंगानाले बताउनु भयो। केरा खेतीमा के कति क्षति भएको छ भनेर बिमाका मानिसहरु समेत जान नसक्दा कृषकले ठुलो क्षति भोग्नु परेको छ ।

    त्यसैगरी २४ बिगामा क्षेत्रफलमा केरा खेती गरीरहनु भएका दयाराम ढकालको दुई बिगामा केरा ढलेको र आफैले राखेका कर्मचारीहरु बारी सम्म आउने वातावरण नहुदा बोटमा पाकेका केरा न काट्न सक्ने अवस्था छ न केराम हाल्नुपर्ने औसधी समेत पाइएको छ तर रहस्यमय तरिकाले भारतीय केरा नेपाल भित्रिदा कृषकलाई दोहोरो मार परेको उँहाको गुनासो छ।

    हेर्नुहोस सुनौलो नेपालले यसै बिषयमा तयार पारेको एक रिपोर्ट


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend