१४ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख बढी मानिसको मृत्यु भएको छ ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या दुई लाख दुई हजार चार सय ५५ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या भने २८ लाख ९२ हजार पुगेको छ ।
कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५३ हजार ५ सय ११ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ लाख ३६ हजार रहेको छ ।
नेपालमा भने अहिलेसम्म कोरोना संक्रमितको संख्या ४९ पुगेकोमा १२ जना निको भैसकेका छन् भने केहि बिभिन्न अस्पतालमा डिस्चार्जको अवस्थामा छन्।