logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • चिनियाँ राष्ट्रपतिले भने कोरोनाको लडाईमा नेपाललाई चीनको पूर्ण साथ रहन्छ

    चिनियाँ राष्ट्रपतिले भने कोरोनाको लडाईमा नेपाललाई चीनको पूर्ण साथ रहन्छ

    2.4K
    Shares

    काठमाडौं, १६ वैशाख–राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सि जिनपिङबीच टेलिफोन संवाद भएको छ । सो क्रममा दुई नेताबीच हाल विश्वमा कायम रहेको कोरोना भाइरको संक्रमण त्यसले विश्वभर पारेको असरका बारेमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै कुराकानीका क्रममा सम्बन्धि देशका सरकारले चालेका कदमका बारेमा पनि छलफल भएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोरोना विरुद्ध लड्न लिएको प्रयासको प्रशंसा गर्नुका साथै विश्वमा कारोनासँग संघर्ष गरी रहेका मुलुकहरुलाई चीनले पु¥याएको सहयोगको पनि प्रशंसा गर्न भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    त्यसको प्रतिउत्तरमा चिनियाँ राष्ट्रपतिले नेपालमा सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न लिएको चुस्त र दरिलो नीतिको प्रशंसा गर्नुका साथै यसको नियन्त्रणका लागि चिनियाँ सहयोगको सुनिश्चितता दिलाउनु भएको थियो । चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली मृर्गौला प्रत्यारोपण पूरा गरी काममा फर्कनु भएकोमा खुशी व्यक्त गर्नुका साथै उहाँको सुस्वास्थ्यको कामना गर्नु भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend