logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राज्यको गलत नीतिका कारण निर्माण व्यवसाय कमजोर अवस्थामा पुग्याे : अध्यक्ष सिंह

    राज्यको गलत नीतिका कारण निर्माण व्यवसाय कमजोर अवस्थामा पुग्याे : अध्यक्ष सिंह

    378
    Shares
    राज्यको गलत नीतिका कारण निर्माण व्यवसाय कमजोर अवस्थामा पुग्याे : अध्यक्ष सिंह

    काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुलाई राज्यबाटै कमजोर पारिएको आरोप लगाएका छन् ।

    जनकपुरधाममा मधेस प्रदेश निर्माण व्यवसायी महासंघको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले राज्यको गलत नीतिका कारण निर्माण व्यवसाय कमजोर अवस्थामा पुगेको आरोप लगाएका हुन् ।

    कोरोना संक्रमणको समयमा प्रत्येक क्षेत्र प्रभावित भएको तर सरकारले निर्माण व्यवसायलाई मध्यम प्रभावित क्षेत्रमा राखेर कुनै प्रकारको सहुलियत नदिँदा कतिपय निर्माण व्यवसायीहरुको अवस्था नाजुक भएको बताए । राज्यले उक्त समयमा ब्याजदरमा सहुलियत तथा समय सीमा थप गरेको भए निर्माण व्यवसाय धारासायी नहुने बताए ।

    उनले समृद्धिको संवाहक निर्माण व्यवसायी भएपनि सरकारका नीति,नियमहरू समायानुकुल नहुँदा थप जटिलता देखिएको बताए । पछिल्लो समयमा सार्वजनिक खरिद नियमावलीमा अझै त्रुटीहरु रहेको उनले गुनासो गरे ।

    उनले भने, ‘सबैभन्दा प्रभावित उद्योगहरुमा निर्माण उद्योग पनि भयो भनेर सरकारलाई भनेका छाैँ । गभर्नरलाई पनि भेटेर भनेका छौँ । तर निर्माण उद्योगलाई मध्यम प्रभावितमा राखेर उहाँहरुले यसलाई बाहिरको लोनलाई म्याद थप गर्नेमा मात्रै सिमित राख्नुभयो । हामीले उहाँहरुसँग कुनै अनुदान मागेका थिएनौँ । हामीले उहाँहरुलाई के भनेको थियौँ भन्दा कोभिडको कारणले २ वर्षसम्म निर्माणको गति अघि बढाउन सकेनौँ हामीलाई नगद प्रवाह गरिदिन अनुरोध गरेका थियौँ तर स्वीकार्नुभएन । त्यसको प्रभाव मुलुकको निर्माण व्यवसाय धराशायी भयो ।

    अहिले मुलुकको उद्योग सञ्चालनमा छैन । मुलुकको निर्माण उद्योगलाई सरकारले तत्कालीन अवस्थामा राष्ट्र बैंकले प्राथमिकतामा नराखेका कारण के भयो भन्दा हाम सक्रिय र चलायमान हुन सकेनौँ । अन्य उद्योगहरु पनि पूर्ण रुपमा चलायमान भएन । त्यसकारण देशमा अन्य उद्योगहरु पनि ३० देखि ३५ प्रतिशत सञ्चालन भइरहेको छ । अहिले राज्यले महशुस गरेको छ । निर्माण उद्योग सञ्चालन हुन नसक्दा मुलुकको अर्थतन्त्र संकटमा परेको छ ।’

    उनले निर्माण उद्योगहरूको मुल समस्या ‘लो बिड’ रहेको टिप्पणी गरे । समयमा काम नगर्ने र गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायीको साथमा महासंघ नरहेको उनले स्पष्ट पारे । ठेक्का हाल्ने वैज्ञानिक विधि आवश्यक रहेको र प्रक्रिया नपुगेको ठेक्का रद्द गर्नुपर्ने बताए ।

    उनले साना निर्माण व्यवसायीहरुलाई उपभोक्ता समितिको आडमा विस्थापित गर्ने काम भईरहेको अध्यक्ष सिंहले आरोप लगाए । निर्माण व्यवसायी सबल नभए मुलुकको अर्थतन्त्र सबल हुन नसक्ने भएकाले निर्माण व्यवसायीहरुको समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend