logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेकपा एसको राष्ट्रिय महाधिवेशनमा पेश हुने प्रतिवेदनहरुको मस्यौदामाथि छलफल शुरु

    नेकपा एसको राष्ट्रिय महाधिवेशनमा पेश हुने प्रतिवेदनहरुको मस्यौदामाथि छलफल शुरु

    791
    Shares
    नेकपा एसको राष्ट्रिय महाधिवेशनमा पेश हुने प्रतिवेदनहरुको मस्यौदामाथि छलफल शुरु

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनसहितका मस्यौदामाथि आन्तरिक छलफल शुरु गरेको छ ।

    शनिवारबाट काठमाडौंको आलोकनगरस्थित पार्टी मुख्यालयमा शुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौता प्रश्तुत गरेका हुन् ।

    त्यसैगरी सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले सांगठानिक प्रतिवेदन, उपाध्यक्ष डा.वेदुराम भुसालले विधान संशोधन प्रतिवेदनको मस्यौदा बैठकमा प्रश्तुत गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार भोली (आईतवार) प्रश्तुत प्रतिवेदनहरुमाथि स्थायी कमिटीका सदस्यहरुले सुझाव दिनेछन् ।

    प्रवक्ता खतिवडाले भने, ‘हाम्रो पार्टीको स्थायी कमिटीको बैठक आज शुरुवात भयो । हामीले बनाएको कार्यतालिका अनुसार आज बैठक सक्नुपर्नेमा छलफलको क्रम नसकिएको हुनाले भोलि पनि यो स्थायी कमिटीको बैठक चल्नेछ । आज बैठकमा पार्टी अध्यक्षले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा प्रश्तुत गर्नुभयो ।

    महासचिव घनश्याम भुसालले संगठनात्मक प्रस्ताव प्रश्तुत गर्नुभयो । त्यो पनि मस्यौदा थियो । र विधान संशोधनमा आवश्यक पर्ने कुराको लागि बनाइएको मस्यौदा प्रस्ताव पनि संगठन विभाग प्रमुख पार्टीका उपाध्यक्ष वेदुराम भुसालले प्रश्तुत गर्नुभयो । र हाम्रो आगामी कार्यक्रम अर्थात पार्टीको समाजवादी कार्यक्रम त्यो कार्यक्रम प्रश्तुत गर्नुभयो कमरेड झलनाथ खनालले ।

    आज कार्यपत्रहरु बाँडिएको छ । दस्तावेजहरु । यसमा स्थायी कमिटीका सदस्यहरुले भोलि ११ बजेदेखि छलफल गर्नुहुनेछ । उहाँहरुको सुझाव संकलन गर्दै हामीले भोलीको सट्टा पर्सी पोलिटव्युरो बैठक बस्नेछौं । केन्द्रिय कमिटी बैठक पनि एक एक दिन पछि सर्दै गएको छ ।’

    नेकपा एसको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । सोही महाधिवेशनमा प्रश्तुत हुने प्रतिवेदनको मस्यौदामाथि पार्टी भित्र छलफल शुरु गरिएको हो ।

    स्थायी कमिटीका सदस्यहरुले आईतवार छलफल गरेपछि सोमवार बोलाइएको पोलिटब्युरो बैठक र त्यसलगत्तै बस्ने केन्द्रिय कमिटी बैठकले दिएको सुझावको आधारमा त्यसलाई पूर्णता दिने पनि प्रवक्ता खतिवडाले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend