logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयलाई अन्य विषयसँग सौदावाजी गर्न मिल्दैन : कानूनमन्त्री गिरी

    कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयलाई अन्य विषयसँग सौदावाजी गर्न मिल्दैन : कानूनमन्त्री गिरी

    903
    Shares
    कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत  गर्ने विषयलाई अन्य विषयसँग सौदावाजी गर्न मिल्दैन : कानूनमन्त्री गिरी

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयलाई अन्य विषयसँग सौदावाजी गर्न नमिल्ने बताएका छन् ।

    जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने मिति तय भएलगत्तै उनले आईतवार सभामुख र प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् ।

    नेपाली कांग्रेसले नीति, कार्यक्रम प्रस्तुत गर्ने विषयलाई अरु विषयसँग सौदावाजी गरेर त्यसमा अप्ठ्यारो सृजना गरेर गैरजिम्मेवार ढंगले प्रश्तुत हुन्छ भन्ने आफूलाई नलागेको पनि मन्त्री गिरीले बताए । उनले प्रमुख प्रतिपक्षसहितका सबै राजनीतिक दलहरुलाई सहमतीमा ल्याएर अघि बढनका लागि सरकार सचेत र जिम्मेवारीसाथ सरकारले पहल गरिरहेको बताए ।

    मन्त्री गिरीले कांग्रेसको सबै सहकारीको समस्या समाधान संसदीय समितिबाट खोज्ने कुरा उपयुक्त र न्याय सम्मत नभएको जिकिर पनि गरे ।

    मन्त्री गिरीले सरकारले सबै दलहरुलाई साथमा लिएर अघि बढनका लागि संवादको विषयलाई औपचारिक, अनौपचारिक रुपमा अघि बढाईरहेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend