logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • रुसमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १४ पुग्यो

    रुसमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १४ पुग्यो

    980
    Shares
    रुसमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १४ पुग्यो

    काठमाडौं । युक्रेनसँगको सीमाबाट करिव ४० किलोमिटर उत्तरमा रहेको रुसको बेलगोरोडमा रहेको आवासीय भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको आपतकालीन अवस्था मन्त्रालयले जनाएको छ ।

    शव बेलगोरोडमा भवनको भग्नावशेषमा फेला परेको हो । यसअघि आईतवार बारम्बार मिसाइल चेतावनी जारी गरिएको बेलगोरोडमा युक्रेनी हमलापछि १० तले आवासीय भवन भत्किँदा १८ जना भवनभित्र पुरिएका थिए ।

    रुसी रक्षा मन्त्रालयले वायु रक्षा प्रणालीले ६ वटा टोचका–यू मिसाइल, चारवटा भ्याम्पायर रकेट र दुई ओल्खा रकेटलाई यसअघि नै खसालेको बताएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend