logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर आयोजना गर्दै

    हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर आयोजना गर्दै

    805
    Shares
    हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर आयोजना गर्दै

    काठमाडौं । हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर आयोजना गर्ने भएकाे छ । हब इन्टरनेशनल एजुकेशनले हात्तीसारमा अवस्थित आफ्नै कम्प्लेक्समा जेठ ५ (मे १८) शनिबार बहुप्रतीक्षित ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर २०२४ आयोजना गर्ने भएको हाे ।

    उक्त कार्यक्रमले विदेशमा उच्च शिक्षा हाँसिल गर्न चाहाने विद्यार्थीहरूको लागि उत्कृष्ट शैक्षिक परामर्श लिन सहयोग गर्नेछ । यूके, आयरल्याण्ड, क्यानडा, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, न्युजिल्याण्ड, भारत र दुबई लगायत ८+ देशका ३० भन्दा बढी युनिभर्सिटी र इन्स्टिच्युटका प्रतिनिधिहरूले लक्षित बिध्यार्थीहरूलाई प्रत्यक्ष साक्षात्कार गर्ने भएका छन् ।

    यस्तै, विद्यार्थीहरूले छात्रवृत्ति अवसरहरू र अन्य विभिन्न सुविधाहरूको बारेमा जानकारी प्राप्त गर्ने मौका पाउनेछन् । ग्रान्ड मल्टि डेस्टिनेसन एजुकेशन फेयर २०२४ मा भाग्यशाली विजेताहरूले स्मार्टफोन, फूड भाउचर, चलचित्र टिकटहरू र अन्य धेरै रोमाञ्चक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

    सहभागीहरूले उच्च शिक्षाको मार्ग कोर्दै रोमाञ्चक खेलहरू र गतिविधिहरूमा समेत भाग लिई प्रशस्त उपहार हरू हात पार्न सक्नेछन् ।

    हब इन्टरनेशनल एजुकेशनका चेयरम्यान उद्वब बहादुर खड्काले यो कार्यक्रम बिदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरूको लागि असीम अवसरहरूको प्रवेशद्वार भएकाे बताए । उनले भने, “यो कार्यक्रम शैक्षिक मेला मात्र होइन; यो बिदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरूको लागि असीम अवसरहरूको प्रवेशद्वार हो”

    ग्रान्ड मल्टि डेस्टिनेसन एजुकेशन फेयर २०२४ विदेशमा आफ्नो शैक्षिक यात्रा सुरु गर्न इच्छुक विद्यार्थीहरूले कार्यक्रमको  https://rb.gy/6ktp6h यो लिङ्क मार्फत बुकीङ गर्न सक्ने छन् । साथै, ०१-५३४२०९६ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend