logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • शेयर बजारमा गिरावट, ३ अर्ब ७० करोडको शेयर कारोबार

    शेयर बजारमा गिरावट, ३ अर्ब ७० करोडको शेयर कारोबार

    1K
    Shares
    शेयर बजारमा गिरावट, ३ अर्ब ७० करोडको शेयर कारोबार

    काठमाडौं । आज शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ९.५४ अंकले घटेर २,०१७ को विन्दुमा कायम भएको छ ।

    आज ६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ११ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल फाइनान्स लिमिटेडको १० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend