logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर

    बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर

    3.7K
    Shares
    बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।

    गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।

    हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको छ ।

    उच्च अदालतले सन्दीपलाई निर्दोष भएको दुई प्रमुख आधार दिएको छ । पहिलो आधार गौशाला २६ नाबालिक भन्ने दाबी प्रमाणित नभएको लिएको छ । यस्तै दोस्रो आधार जबरजस्ती करणी गरेको सिटि टिभीको सबुत प्रमाणले पुष्टि नगरेको ठहर छ ।

    उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठह¥याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो ।

    उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी–२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend