logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले कुन आधारमा पाए सफाई

    बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले कुन आधारमा पाए सफाई

    16.3K
    Shares
    बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले कुन आधारमा पाए सफाई

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट दुई वटा आधारमा सफाइ पाएका छन् ।

    दुई वटा आधारलाई टेकेर उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

    सफाइ दिनुपछाडि दुई वटा आधारहरु गौशाला २६ नाबालिक भन्ने दाबी प्रमाणित नभएको पहिलो आधार लिइएको छ भने जबरजस्ती करणी गरेको सबुत प्रमाणले पुष्टि नगरेको पनि इजलासको ठहर रहेको बुझिएको छ । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

    उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले गएको पुस १३ गते लामिछानेलाई बलात्कार मुद्दामा दोषी रहेको ठहर गरेको थियो । ढकालकै इजलासले लामिछानेलाई जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसहित ८ वर्षको जेल सजाय तोकेको थियो ।

    इजलासले लामिछानलेलाई गौशाला २६ पीडितको आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर करणी गरेको ठहर गरेको थियो । यसैगरी पीडित नाबालिग भनि गरिएको दाबी पनि अदालतले विभिन्न कागजातको आधारमा त्यसैबेला अस्वीकार गरेको थियो ।

    २०७९ साल भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिग बालिका बलात्कार गरेको भन्दै सरकारी वकिलले सन्दीप बिरुद्ध बलात्कार मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend