logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • नेपाल आयल निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

    नेपाल आयल निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

    1.4K
    Shares
    नेपाल आयल निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

    निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ५ रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर १६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १७० रुपैयाँ र तेस्रो वर्गका लागि १७१ रुपैयाँ कायम भएको छ ।

    यसैगरी डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः १५१ रुपैयाँ ५० पैसा, १५३ रुपैयाँ र १५४ रुपैयाँ पुगेको छ ।

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।

    नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ । इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

    आइओसीले आज पेट्रोलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ७५ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ ९ पैसाले घटाएर नयाँ बिक्री मूल्य पठाएको निगमले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्ेपछि यसको असर नेपालमा परेको हो । ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ घटेर ब्यारेलको ८१.९३ डलरमा सीमित भएको छ । यसअघि ब्यारेलको ९० डलर माथि पुगेको तेलको भाउ फेरी ओरालो लागेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend