logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको सांसदलाई निर्देशन

    संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको सांसदलाई निर्देशन

    840
    Shares
    संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको सांसदलाई निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसले संसदमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । विहीबार बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसले सांसदहरुलाई म्यासेज पठाएको छ ।

    प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

    १ जेठमा संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव समेत पारित गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दिएको थिएन । कांग्रेसको अवरोधका कारणले नीति तथा कार्यक्रम बाहेकका कार्यसूचीमा संसद बैठक प्रवेश गर्न पाएको छैन ।

    सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

    आजको प्रारम्भिक कार्यसूचीमा गृहमन्त्री रवि लामिछानेले संसदमा जवाफ दिने कार्यतालिका छ । सभामुख देवराज घिमिरेले सदन सहज ढङ्गले सुचारु गर्नका लागि दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend