logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नबिल बैंकमा सिइओ ज्ञानेन्द्र ढुंगानाको कार्यकाल थपियो, २ वर्षका लागि नियुक्त

    नबिल बैंकमा सिइओ ज्ञानेन्द्र ढुंगानाको कार्यकाल थपियो, २ वर्षका लागि नियुक्त

    567
    Shares
    नबिल बैंकमा सिइओ ज्ञानेन्द्र ढुंगानाको कार्यकाल थपियो, २ वर्षका लागि नियुक्त

    काठमाडौं। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल दुई वर्ष थपिएको छ। नबिलको सञ्चालक समितिको ६ सय ५७ औं बैठकले ढुंगानालाई थप २ वर्षका पुनः सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो। सिइओको अवधि ४ वर्ष हुने भए पनि उनी दुई वर्षका लागि मात्र नियुक्त भएका थिए ।

    ढुंगानाको दुई वर्षे नयाँ कार्यकाल असार १७ देखि लागू हुनेछ। यसअघि उनी २०७९ असार १७ गते सिइओमा नियुक्त भएका थिए। नेपाल बंगलादेश बैंक नबिलमा समाहित भएपछि उनी नबिलको सिइओ बनेका हुन्

    ढुंगाना नेपाल बैंकर्स संघको अध्यका साथै नेपाल राष्ट्र बैंक, नेपाल बंगलादेश बैंकको सिइओका साथै तत्कालिन नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकको महाप्रबन्धकको रूपमा समेत काम गरिसकेका छन्।उनको बैंकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend