logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आन्तरिक अर्थतन्त्रलाई सुधार गरी अर्थतन्त्र चलायमान बनाउने बजेट आउँछः अर्थसचिव मरासिनी

    आन्तरिक अर्थतन्त्रलाई सुधार गरी अर्थतन्त्र चलायमान बनाउने बजेट आउँछः अर्थसचिव मरासिनी

    602
    Shares
    आन्तरिक अर्थतन्त्रलाई सुधार गरी अर्थतन्त्र चलायमान बनाउने बजेट आउँछः अर्थसचिव मरासिनी

    काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले बजेटको प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने रहेको बताएका छन् । बिहीवार काठमाडौंमा भएको प्रि-बजेट छलफल कार्यक्रममा बोल्दै अर्थसचिव मरासिनीले यस्तोबताएका हुन् ।

    उनले सरकारको प्रमुख प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी चलायमान बनाउने रहेको बताए । उनले विगतमा वाह्य अर्थतन्त्रलाई सुधार गर्नुपर्ने दबाब भएपनि अहिले वाह्य अर्थतन्त्र सकारात्मक भएको भन्दै आन्तरिक अर्थतन्त्रमा सुधारको आवश्यकता देखिएको बताए ।

    उनले सरकारसँग विदेशी मुद्रा सञ्चिति मात्रै १२ महिना भन्दा बढी आयात र निर्यात गर्नसक्ने क्षमता रहेको बताए । अर्थसचिव मरासिनीले बजेट र मौद्रिक नीति अर्थतन्त्रमा देखिएको शिथिलतालाई चिर्नसक्ने गरी आउने दाबी गरे । उनले सरकारले ल्याउने बजेटले अर्थतन्त्रलाई चलायमान बनाएर सरकारले सोचे अनुसारको आर्थिक वृद्धि गर्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने जिकिर गरे ।

    उनले भने, ‘१२ महिना भन्दा बढीको आयात निर्यात धान्नसक्ने विदेशी मुद्रा सञ्चिती रहेको छ । यसरी हेर्दा वाह्य क्षेत्र सकारात्मक छ । अब सरकारले आन्तरिक अर्थतन्त्रमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । सरकारले बनाउने अबका नीतिहरु निजी क्षेत्रले अर्थतन्त्रमा सिथिलताको महशुस गर्नुभएको छ । त्यसलाई चिर्ने हिसावले जान्छ । विगतमा सरकारले वाह्य क्षेत्रमा सुधार गर्नुपर्ने थियो अब सरकारको कोर्ष अर्थतन्त्रको आन्तरिक क्षेत्रमा शिथिलता भएको छ त्यसलाई चिर्ने गरी बजेट र मौद्रिक नीति ल्याउनुपर्ने छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमले पनि त्यो कुरालाई समावेश गराएको छ ।

    बजेटमार्फत सम्बोधन गरेर अर्थतन्त्रलाई चलायमान बनाएर सरकारले सोचे अनुसारको आर्थिक वृद्धि गर्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी बजेट आउने छ । अहिले क्षेत्रगत समस्याहरु छन् । जलविद्युतमा निजी क्षेत्र प्रवेशसँगै उत्पादनमा फड्को मारि सकेका छौं । अब वितरण र निर्यातमा पनि फड्को मार्नुपर्ने छ । जलविद्युत नेपालको तुलनात्मक लाभको क्षेत्र हो । नेपालको अर्थतन्त्रलाई हरित अर्थतन्त्रको रुपमा विकसित गर्ने भनेर पनि अन्तर्राष्ट्रिय रुपमा प्रतिवद्धता जनाएका छौं । जलविद्युतको क्षेत्रलाई थप सुधार गर्दै लैजाने भन्ने हो ।’

    उनले अहिले केही क्षेत्रगत समस्याहरु रहेको भन्दै क्षेत्रगत समस्यालाई सुधार गर्न आवश्यक रहेको बताए । उनले जलविद्युतमा निजी क्षेत्र प्रवेशसँगै उत्पादनमा फड्को मारेको भन्दै अब वितरण र निर्यातमा पनि फड्को मार्नसक्ने वातावरण सरकारले बनाउनुपर्ने बताए । उनले जलविद्युत नेपालको तुलनात्मक लाभको क्षेत्र भएकाले हरित अर्थतन्त्रको रुपमा विकसित गरी बजेट तर्जुमा गरिने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend