logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकार निजी क्षेत्रको प्रवद्र्धनको पक्षमा छ, ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री

    सरकार निजी क्षेत्रको प्रवद्र्धनको पक्षमा छ, ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री

    497
    Shares
    सरकार निजी क्षेत्रको प्रवद्र्धनको पक्षमा छ, ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरुपको बजेट निर्माणमा केन्द्रित रहेको बताएका छन् ।

    शुक्रवार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २२ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गर्न जोड गरिएको बताए । उनले उर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताए ।

    प्रधानमन्त्री दाहालले तेस्रो लगानी सम्मेलनबाट लगानी भित्र्याउनका लागि स्वदेशी त्था विदेशी लगानीकर्तामाझ बलियो र सकारात्मक सन्देश प्रवाहित भएको जिकिर गरे । उनले लगानी प्रवद्र्धनमा बाधक देखिएका ऐनहरु अध्यादेशमार्फत संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुविधा राख्नुपर्ने परिस्थिति क्रमशः अन्त्य भएको बताए । उनले सरकार निजी क्षेत्रको प्रवद्र्धनका पक्षमा रहेको पनि बताए ।

    उनले भने, ‘लगानी र निर्माण गर्ने वातावरण महत्वपूर्ण हुन्छ । भर्खरै हामीले तेस्रो लगानी सम्मेलन सम्पन्न गरेका छौँ । यसले पनि लगानी भित्र्याउनका लागि स्वदेशी त्था विदेशी लगानीकर्तामाझ बलियो र सकारात्मक सन्देश प्रवाहित भएको छ । लगानी प्रवद्र्धनमा बाधक देखिएका ऐनहरु अध्यादेशमार्फत संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुविधा राख्नुपर्ने परिस्थिति क्रमशः अन्त्य भएको छ ।

    सरकारले देशभित्र र देश बाहिरबाट लगानीमैत्री वातावरण बनउने र लगानी आकर्षित गर्न नै मैले जोड नै गरेर आठ वटा ऐन एकैपटक संशोधन गरेको हो । ता कि त्यसले एउटा सकारात्मक वातावरण बन्न सकोस् । वर्षामा बिजुली खेल जाने, विष्फोटक पदार्थको समस्याका बारेमा पनि कुरा उठाउनुभएको छ । बाढी पहिरो प्रभावितलाई सहुलियतमा भएको ढिलाइ बारेको कुरा छ, विभिन्न कारणले आयोजनाको व्यापारिक उत्पादन मिति पछि सरेको र त्यसको म्याद थपबारे पनि कुरा भइरहेका छन् ।

    यसमा गम्भीर रुपमा पहल गर्नेछ । सरकार निजी क्षेत्रको प्रवद्र्धनका पक्षमा छ । नीतिगत, कानूनी, संस्थागत, संरचनागत र कार्यशैलीमा देखिएका समस्या समाधान गर्ने क्रममा सरकार लागिरहेको छ । यसमा थप दृढताका साथ बढ्न जरुरी छ । सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गर्न जोड गरिएको छ ।

    अब हाम्रो ध्यान नीति तथा कार्यक्रम अनुरुपको बजेट निर्माणमा केन्द्रित छ । सरकारको तर्फबाट म भन्न चाहन्छु ढुक्क भएर उर्जामा लगानी गर्नुस् । तपाईंहरुको लागि संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले हरसम्भव प्रयास गर्नेछ ।’

    प्रधानमन्त्री दाहालले विद्युत निर्यातको दीर्घकालीन सम्झौता उर्जा विकासको लागि कोशेढुंगा हुने बताए । उनले नेपाल विद्युत आयात गर्ने मुलुकबाट विद्युत निर्यात गर्ने मुलुकमा रुपान्तरित भएको जिकिर गरे । उहाँले स्वदेशभित्रै विद्युत खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको बताए । पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय सवारी साधनलाई प्रोत्साहित गरी विद्युतको खपत बढाउँदै जाने सरकारको योजना रहेको बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend