logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • घरजग्गालाई चलायमान बनाउन राष्ट्र बैंक लचक, ऋण भुक्तानी सीमा आम्दानीको ७० प्रतिशत

    घरजग्गालाई चलायमान बनाउन राष्ट्र बैंक लचक, ऋण भुक्तानी सीमा आम्दानीको ७० प्रतिशत

    896
    Shares
    घरजग्गालाई चलायमान बनाउन राष्ट्र बैंक लचक, ऋण भुक्तानी सीमा आम्दानीको ७० प्रतिशत

    काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारलाई सहज बनाएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै सुस्त अवस्थामा रहेको धरजग्गा व्यवसायलाई चलायमान बनाउन यस्तो खुकुलो नीति ल्याएको हो।

    समीक्षामा घर जग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानी अनुपातमा लचिलो नीति लिएको छ । घरजग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५०
    प्रतिशतबाट ७० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ ।

    नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घरजग्गा खरिद गर्नेले आम्दानीको ७० प्रतिशतसम्म रकम बैंकको साँवा तथा ब्याज अर्थात् किस्ता भुक्तानीका लागि प्रयोग गर्न सक्ने भएका छन् । यसअघि आम्दानीको ५० प्रतिशतसम्म मात्रै त्यसरी भुक्तानी गर्न पाइने व्यवस्था रहेकोमा खुकुलो बनाइएको छ ।

    घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने मौद्रिक नीति समीक्षामा उल्लेख छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend