काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको असल कर्जाको नोक्सानी व्यवस्थामा केही कम गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुकोलागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था घटाएर १.२० प्रतिशत कायम गरेको छ ।
यसअघि यस्तै कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशत थियो । बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।