काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेताहरुबीच हुने भनिएको छलफल स्थगित भएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ दाँतको समस्या चेकजाँचका लागि वीर अस्पताल जानु परेकाले निर्धारित छलफल स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
अब छलफल कहिले हुने भन्ने जानकारी नभएकाे उनले बताए ।