logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

    बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

    840
    Shares
    बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

    बागमती । बागमती प्रदेशसभाअन्तर्गत  विषयगत समितिका सभापतिको नाम आज चयन गरिँदै छ । आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्णायार्थ प्रस्तुत गरिने भएको छ ।

    विषयगत समितिको सभापति चयन गर्न सभामुख भूवनकुमार पाठकले आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरेका छन् । सभापति पदका लागि मनोनयन दर्ता सकिएको र आजको बैठकमा ती नाम निर्णायार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

    प्रदेशसभाको पाँच वटा विषयगत समितिमध्ये चार समितिको सभापतिका लागि शुक्रबार मनोनयन दर्ता भएको छ । सार्वजनिक लेखा समिति र प्रदेश मामिला समितिको सभापति पदमा नेपाली कांग्रेसको तर्फबाट क्रमशः श्रीराम लामिछाने र छिरिङ दोर्जे लामाले मनोनयन दर्ता गराएका छन् ।

    यस्तै कृषि, शिक्षा, स्वास्थ्य समितिको सभापतिका लागि नेकपा (माओवादी केन्द्र) का तर्फबाट ठाकुरप्रसाद ढकाल र अर्थ तथा विकास समितिको सभापतिका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नुरज बज्राचार्यले मनोनयन दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    प्रदेशसभाअन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति पदमा भने कुनै उम्मेदवारी नपरेको प्रदेशसभा सचिवालयले जनाएको छ । सो समितिको सभापति नेकपा एमाले)लाई दिने दलहरुबीच सहमति भएको बताइएको छ । यस्तै आजको प्रदेशसभा बैठकबाट प्रदेशसभाअन्तर्गतको विशेष समिति गठन गर्ने सहमति भएको सचिव दर्जीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend