logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिएन भन्नु गलतः शेखर कोईराला

    कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिएन भन्नु गलतः शेखर कोईराला

    1.1K
    Shares
    कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिएन भन्नु गलतः शेखर कोईराला

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले आफ्नो पार्टीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएको भन्नेकुरा गलत भएको दाबी गरेका छन् ।

    नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिएको आरोप लगाईरहँदा कांग्रेसले बोल्न दिने कुरामा सहमत भएको जिकिर गरेका हुन् ।

    उनले बोलेको कुरामा चित्त नबुझे खण्डन गर्ने कांग्रेसको अडान पनि बोल्न नचाहेको नेता कोईरालाको भनाई थियो । उनले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा मुछिएपछि गृहमन्त्री भएर बस्न नमिल्ने बताए । उपप्रधानमन्त्री भए फरक नपर्ने तर गृह मन्त्रालयमा बस्न भने उनले नमिल्ने नेता कोईरालाले बताए । उनले उपप्रधानमन्त्री लामिछाने आफैले संसदमा उभिएर आफूमाथि लागेको सहकारी गठी छानविनका लागि संसदीय समिति बनाउनुपर्ने धारणा राख्नुपर्ने बताए ।

    नेता कोईरालाले भने, रवि लामिछानेजीको इस्यूलाई पनि अलिकति कुरा तपाईहरुले पनि बुझाउनुपर्नेछ । साथीहरुले धेरै ठाउँमा धेरै कुरा भन्नु भएको छ । तपाईहरुत कस्तो डेमोक्रेटिक पार्टी हो बोल्न पनि दिनुहुन्न भनेर भन्नुहुन्छ । हामीहरुले बोल्न नदिएको होइन रविजीलाई । बोल्नुस् भनेर भनेकै हो हामीहरुले । तर हामीहरुले के भनेको थियौ भने तपाईले बोलिसकेपछि हामीलाई चित्त बुझ्यो भने हामी बस्छौं । होइन भने हामी तपाईले बोलेको बोलीको खण्डन गर्छांै भनेर भन्दा त्यो स्वीकार्य भएन । अब के गर्ने ? हामीहरुले राजीनामा पनि मागेको छैन । राजीनामा हामी भन्दैनौं ।

    हामी त के भन्छौँ भने उहाँ सरकारमा नभएको भए, त्यो पनि गृहमन्त्री नभएको भए हामी केही पनि गर्दैन थियौ होला । किनभने सहकारी त यो तल्लो तप्काका मानिसहरुले पैसा जम्मागरी सहकारीमा राखेर त्यो रकम अपचलन भएको हो नि त । जनताले सडकमा उठाएका मागहरुलाई हामीहरुले सदनमा ल्याइ दिएको हो । हामी राजीनामा मागिराखेका छैनौं रविजीको । हामी के भन्दैछौ भने निष्पक्ष छानविन अब देशभरको छानविन त सांसदले गर्ने होइन होला ।

    रवि लामिछानेजीलाई जुन कुराको चार्ज लगाएका छन । त्यो कुरा होइन भनेर उहाँले पुष्टि गरिदिनु पर्यो । त्यो पुष्टि हुनका लागि उहाँले मन्त्री नै हुनुहोस् । उपप्रधानमन्त्रीनै बसिरहनु होस् । तरतर गृह मन्त्रालयमा त बस्नु भएन नि उहाँले । गृह मन्त्रालयका बसेर सिआईवीले कसरी छानविन गर्छ ? र देशभरीको सहकारीलाई सरकारले छानविन गर्ने भनेको सरकारको निकायहरुले छानविन गर्ने हो । नेपाली कांग्रेस, एमाले, माओवादी वा सांसदहरुले छानविन गर्ने त होइन होला । त्यो रविजीले गरेको हो, होइन ? हामी हो भन्छौँ, उहाँ होइन भन्न हुन्छ । त्यति न हो । अब बोल्न दिने क्रममा जनार्दनजीले म बोल्छु भन्दा एमालेले नमानेको हो नि ।

    सत्ता पक्षले जे गर्दैछ, त्यो गलत हो । कसैको बारेमा प्रश्न उठेपछि म क्लिन हुन्छ भने भईहाल्छ, त्यसमा के फरक पर्छ ? मैले यो कुरा किन भनिराखेको छु भने लोकतान्त्रिक पार्टीले उहाँलाई बोल्न दिएन भन्ने जुन आईराखेको छ । त्यो कुरा गलत हो । तपाई बोल्नुस् हामीलाई चित्त बुझयो भने ठिक । केही पनि भन्दैनौं । उहाँले नै बोलेर छानविन समिति बनाउनु भनिदिए त सकियो कुरा । तर हामीलाई चित्त बुझेन भने हामी बोल्छौं । यो कुनै गलत नेपाली कांग्रेसले उठाएको छैन ।’

    नेता कोइरालाले कांग्रेसले उपप्रधानमन्त्री लामिछानेको राजीनामा नमागेको पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend