logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रिय राजनीति तमासा भइरहेको छ : अध्यक्ष नेपाल

    राष्ट्रिय राजनीति तमासा भइरहेको छ : अध्यक्ष नेपाल

    511
    Shares
    राष्ट्रिय राजनीति तमासा भइरहेको छ : अध्यक्ष नेपाल

    काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीति तमासा भइरहेको बताएका छन् । शनिवार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताए । उनले राष्ट्रिय राजनीतिमा आफूहरुलाइृ बेवास्ता गरिरहेको आरोप लगाए । उनले राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको बताए । उनले देशको राजनीति स्थिर भएर अघि बढ्नुपर्ने बताए । उनले देशमा स्थायित्व र वामपन्थी कम्युनिष्टहरु बीचको एकता र समझदारी नयाँ उचाईमा पुग्नुपर्ने बताए ।

    उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यु अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हमी त खालि तमासा हेरेर बस्ने मान्छे हो । हामी यि सबै घटनालाई नियालीरहेका छौँ । अवलोकन गरिरहेका छाँै । नेपालको राजनीतिले कुन कोर्ष लिएर जाने हो, यो सबै कुराको सन्दर्भमा राम्रो दिशामा यो देशको राजनीति अघि बढोस् । हामी चाहन्छाँै, यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरुको कम्युनिष्टहरु बीचको एकता र समझदारी नयाँ उचाईमा पुगोस् ।’

    अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अघि बढाएर लैजाने ऐतिहासिक जिम्मेवारी आफूहरुको रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend