logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • राष्ट्रिय मुक्ति क्रान्तिले वैकल्पिक सत्ताको अभ्यास गर्ने

    राष्ट्रिय मुक्ति क्रान्तिले वैकल्पिक सत्ताको अभ्यास गर्ने

    777
    Shares
    राष्ट्रिय मुक्ति क्रान्तिले वैकल्पिक सत्ताको अभ्यास गर्ने

    काठमाडौँ । राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय मुक्ति क्रान्तिले वैकल्पिक सत्ताको अभ्यास गर्ने भएको छ ।

    बहुल राष्ट्र निर्माणको माग गर्दै आन्दोलन थालेको अभियानले विभिन्न राज्यको स्थापना गर्दै स्वशासनसहितको आफ्नै विधान घोषणा समेत गर्ने जनाएको छ । अभियानले आउँदो असार ४ गते नेवाः राष्ट्रको सत्ता दाबी गर्ने कार्यक्रम राखेको छ ।

    राष्ट्र निर्माणको दाबी नेवाः राज्यबाट सुरु गर्ने र त्यसपछि अन्य राष्ट्रहरुको पनि घोषणा हुने सो पार्टीले जनाएको छ । अभियानले नेवाः राष्ट्रिय परिषद्, चौवाङ राष्ट्रिय परिषद्, मगर राष्ट्रिय परिषद्, लिम्बुवान राष्ट्रिय परिषद्, चेपाङ राष्ट्रिय परिषद् गरी हाल १२ वटा परिषद् गठन गरेको छ ।

    यस्ता ५० वटा परिषद् बनाउने तथा परिषद्हरु सबैले आ–आफ्नो सत्ता आफै सञ्चालन गर्ने एवं तिनीहरुका आफ्नै विधान र संरचना हुने जनाइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend