सनत हमाल
मुगु । नेपाल टेलिकमले कर्णाली प्रदेशको मुगुमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ सुरु गरेको छ ।
आईतबार मुगुको गमगढी बजारमा अवस्थित टेलिकमको कार्यालमा भर्चुअल माध्यमबाट सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले उक्त सेवाको उद्घाटन गरेकी हुन ।
सञ्चार तथा सूचना प्रबिधि मन्त्री शर्माले देशभरीका सबै जिल्ला र भूभागमा गुणस्तरीय इन्टरनेट सेवा बिस्तार गर्ने सरकारको प्राथमिकता भए अनुसार मुगुमा पनि पहिलो पटक आजबाट उक्त सेवा सुरु भएको बताइन् ।
उनले भनिन, “प्रबिधिको बढ्दो विकाससँगै दूरसञ्चार सेवा मानिसको आधारभूत आवश्यकता हुन थालिसकेको छ, समय सापेक्ष प्रबिधि पनि फेरिँदै जाने छन ।” कर्णाली प्रदेशको दैलेख जिल्लाको दुल्लु, कालिकोट र जुम्ला हुँदै मुगुको गमगढी सम्म अप्टिकल फाईबर ट्रान्समिसन लिंकको बिस्तार कार्य अघि बढेकाले आगामी बर्षभित्र अप्टिकल फाईबर ट्रान्समिसन लिंकको सेवा समेत बिस्तार हुने जनाइएको छ ।
उद्घाटन कार्यक्रममा संघीय सांसद ऐनबहादुर शाही, जिल्ला समन्वय समितिका संयोजक मन्जनबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीलगायतले नेपालको दूसञ्चार सेवाले पु¥याएको योगदानको चर्चा गरेका थिए । नेपाल टेलिकमले पुरानो प्रबिधिको नेटवर्क लाई एफटीटीएचमा माईग्रेसन गरी हाल उपलब्ध माइक्रो वयभ रेडियो लिंकको क्षमता बढाई एफटीटीएच प्रबिधिबाट ५ एमबिपिएस क्षमताको टेलिफोन र ईन्टरनेट सेवा बिस्तार गरिएको नेपाल टेलिकम मुगुका प्रमुख प्रेमराज आचार्यले बताए ।
कर्णाली प्रदेशका सबै जिल्लामा फोर जी सेवा बिस्तार भइसकेको छ भने आजबाट हुम्ला बाहेक मुगु समेत गरी कर्णालीका नौँ वटा जिल्लामा एफटीटीएच सेवा बिस्तार भएको प्रमुख आचार्यले जानकारी दिए । बार्षिक ईन्टरनेट प्याकेज मूल्य रु सात हजार ९९९ रहेको बताइएको छ । जिल्ला पहिलो पटक उच्च गतिको ईन्टरनेट सेवा बिस्तार भएपछि यहाँका नागरिकहरु निकै खुशी भएका छन् ।
आजको कार्यक्रमा मुगु जिल्लाका संघीय सांसद ऐनबहादुर शाही, जिल्ला समन्वय समितिका संयोजक मन्जनबहादुर कार्की, छायाँनाथ रारा नगरपालीका नगर उपप्रमुख ऐश्वर्य मल्ल, मुगुका प्रमुख जिल्ला अधिकारि टोपेन्द्रबहादुर केसी लगायत सुरक्षा प्रमुख नागरीक समाजका अगुवा एवं पत्रकार लगायतको उपस्थिति रहेको थियो ।