logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • उपप्रधानमन्त्री लामिछानेलाई तत्काल पक्राउ गर्न सरकारसँग कांग्रेसको माग

    उपप्रधानमन्त्री लामिछानेलाई तत्काल पक्राउ गर्न सरकारसँग कांग्रेसको माग

    1.8K
    Shares
    उपप्रधानमन्त्री लामिछानेलाई तत्काल पक्राउ गर्न सरकारसँग कांग्रेसको माग

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा प्रतिनिधि सभा सांसद गीता बस्नेतसँगै उपप्रधानमन्त्री लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताएका हुन् ।

    सरकारले सांसद बस्नेतलाई यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ । उनले ठगीको अभियोगमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी हुने तर सोही अभियोग लागेका लामिछाने मुलुकको गृहमन्त्री हुने बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

    सहमहामन्त्री पाण्डेले उपप्रधानमन्त्री लामिछानेले देशका विभिन्न ठाउँका सहकारीबाट एवं अर्बभन्दा बढी रकम गोर्खा मिडियाको नाममा लिएर अपचलन गरेको दोहार्याउँदै उनको नाम किटान गरेर संसदीय छानविन समिति नबनेसम्म आफूहरुले संसद बैठक चल्न नदिने अडान पनि राखे ।

    उनले भने, ‘हामी हाम्रो अडानमा दृढ छौं सम्माननीय सभामुख महोदय । लाखौँ सहकारी पीडितहरुलाई न्याय दिने कर्तव्यबाट हामी कदापि च्युत हुनै छैनौं । सम्माननीय सभामुखज्युमार्फत देशभरका सहकारी पीडितहरुलाई म आश्वस्त पार्न चाहन्छु वचतकर्ताको वचत फिर्ताको सुनिश्चितता नभएसम्म हाम्रो लडाईले विश्राम पाउने छैन। म आग्रह गर्न चाहन्छु । संसदीय छानविन समिति गठनको सैद्धान्तिक सहमतीपछि पनि टिओआर निर्माणमा कुरा नमिलेको हामी सबैले थाहा पाएका छौं । पछिल्लो दिनमा समाचारहरु अझ प्रकट ढंगले, प्रमाणित ढंगले आइरहेका छन् ।

    स्वर्ण लक्ष्मी काठमाडौं, सुप्रिम बुटवल, साहारा चितवन, सूयर्दशन पोखरा, सूर्यदर्शन पोखरा समेतका ४ वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कले करिव एक अर्बको ऋण लिएको छ । त्यो ऋण तीनै सहकारीबाट लिइएको हो । र गोर्खा मिडियाले त्यो ऋण पाएको हो । त्यो बेलामा त्यसको प्रवन्ध निर्देशक माननीय गृहमन्त्री रवि लामिछाने हुनुहुन्छ । यसको पुष्टि र प्रमाणित हुने अनेक आधारहरु छन् । सहकारी कार्यालयमा त्यसको पुष्टि भएको छ । प्रहरीका विभिन्न कार्यालयमा त्यसको पुष्टि भएको छ ।

    सिआईवीको रिर्पोटमा त्यसको पुष्टि भएको छ । महानगर र अदालतसम्म पुुगेका छन् ती रिपोर्टहरु । र सबै सुरक्षित छन् । यस्तो अवस्थामा माननीय गृहमन्त्रीको संलग्नताको दावी सम्पूर्ण हिसावले पुष्टि भएको छ । यस्तै खालको अभियोग भोगिरहेका सबै सदनका माननीय गिता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको हामीले सुनेका छौं । एउटै सदनका दुई जना माननीय सदस्य एउटै अभियोग एक जनालाई पक्राउ पूँर्जी जारी भएर फरारको सूचिमा रहनुपर्ने र अर्को एक जना गृहमन्त्री हुनुपर्ने यो कस्तो बिडम्बना हो, र यो कस्तो न्याय हो ? हामीले यति मात्रै भनिरहेका छौं ।

    यस विषयमा हाम्रो दावी यो हो भने गृहमन्त्रीको दावी छ–म यसमा संलग्न छैन । त्यसो हो भने संसदीय छानविन समिति बनाउ । दावी अनुसार उहाँ संलग्न भएको होइन भने उहाँले उन्मुक्ति पाउनुहोस, सफाई पाउनुहोस । दावी अनुसार उहाँ संलग्न भएको हो भने माननीय गीता बस्नेतलाई जस्तै उहाँलाई पनि पक्राउ पूर्जी जारी होस् । हाम्रो यति मात्रै आग्रह हो । हामीालाई थाहा छ यस क्रममा गृहमन्त्रीले बोल्ने काम गर्नुभयो ।’

    सहमहामन्त्री पाण्डेले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाबिरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै कानूनको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्ने भएपनि आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भएको खण्डमा नेपाली कांग्रेसले नसहने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend