logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • युवा तथा खेलकुद मन्त्री श्रेष्ठकाे सम्पत्ति कति ?

    युवा तथा खेलकुद मन्त्री श्रेष्ठकाे सम्पत्ति कति ?

    1.9K
    Shares
    युवा तथा खेलकुद मन्त्री श्रेष्ठकाे सम्पत्ति कति ?

    काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

    सम्पत्ति विवरणमा काठमाडौँ महानगरपालिका वडा नम्बर २४ मा इन्द्रचोकमा दुई आना जग्गामा घर र काठमाडौँ महानगरपालिका वडा नम्बर १३ ताहाचलमा चार आना जग्गामा घर रहेको मन्त्री श्रेष्ठले देखाएका छन् ।

    श्रेष्ठसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको छ । सुन र चाँदी पैतृक सम्पत्ति र विवाहबाट प्राप्त भएको बताएका छन् ।

    उनले आफ्नो नाममा लुम्बिनी विकास बैंकमा ३५ लाख ३० हजार चार सय सात रुपैयाँ, एभरेष्ट बैंकमा चार सय १८ रुपैयाँ, सिटिजन्स बैंकमा पाँच हजार रुपैयाँ, सिनर्जी कोअपरेटिभ लिमिटेडमा १५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा चार लाख ९१ हजार आठ सय ४६ रुपैयाँ, नबिल बैंकमा चार हजार ८३ रुपैयाँ र सिनर्जी कोअपरेटिभ लिमिटेडमा तीन लाख ४१ हजार रुपैयाँ जम्मा रहेको उल्लेख गरेका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend