logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेकी हुँः आरजु राणा

    टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेकी हुँः आरजु राणा

    1.2K
    Shares
    टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेकी हुँः आरजु राणा

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताएकी छन् । मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद राणाले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताएकी हुन् ।

    उनले आफूले ०५३ सालमा जग्गा किनेको भएपनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताइन् । उनले पत्रकारहरुलाई टिकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न पनि आग्रह समेत गरिन् । सांसद राणाले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनुपर्ने बताइन् । उनले प्रजातन्त्रमा गृहमन्त्रीमाथि छानविन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको बताइन्।

    उनले भनिन् – ‘टिकापुरको जमिन तपाईहरु आफै गएर हेर्न जानुस् । ५० हजार रुपैयाँमा किनेको हो । त्यो सबै रिपोर्ट पनि गरिसकेको छ । मैले किनेको ०५३ सालमा हो । यो घोटाला भएको चाहीँ २०६८ सालपछि हो । त्यो कुराहरु पनि तपाईहरु गएर हेर्नुहोस् । तपाईहरु सबै खोज पत्रकारिता गरिरहनु भएको छ । तपाईहरुलाई गएर हेरिदिनुस् भन्छु ।

    कागजात खोलेर हेर्नुहोला तपाईहरु कृपया । गृहमन्त्रीको अभिव्यक्तिलाई मैले कसरी हेर्नु ? जनताले कसरी हेरेका छन् त्यो सोध्नुहोस् न । समिति नै नबन्नु चाहीँ कहाँको कुरा हो ? यो प्रजातन्त्र हो नि । यो हुकुमी शासन हो र ? नेपाली कांग्रेसले जनताको बचाउ जहिल्यै पनि गरेर आएको छ । अहिले पनि हामी गर्ने नै छौँ । सहकारी पीडितहरु रोइरहेका छन् । न्यायोचित छानविन होस् । यो गर्ने सदनको काम होइन ? यो पनि नगरे के गर्ने त सदनमा ?’

    उनले नेपाली कांग्रेसले जहिल्यैपनि जनताको बचाउ गर्दै आएको भन्दै आगामी दिनमा पनि जनताको बचाउ गर्ने बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend