काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले अध्यक्ष रिसोहियालाई उनको कार्यकक्षमै पुगेर गिरफतार गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुर कार्यालय थापाथली पुगेको थियो। केही समयपछि कार्यालयकै प्रमुख एसएसपी सानुराम भट्टराई पनि कान्तिपुर पुगेका थिए। उनीहरूको टोलीले कान्तिपुर अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो।
पक्राउ परेका सिरोहियालाई आजै धनुषा लगिने प्रहरीले जनाएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।
पक्राउ परेका सिरोहियालाई आजै धनुषा लगिने प्रहरीले जनाएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।
सिरोहियालाई नागरिकतासम्बन्धी मुद्दामा पक्राउ गर्न चित्रबहादुर गुरुङको २ नम्बर इजलासले आज अनुमति दिएको थियो । उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ ।
२०८१ वैशाख १६ वैशाख गते सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेको थियो।
सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।
यो पनि हेर्नुहोस
सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिशोध साँध्न खोजिएको कन्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको आरोप
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी