logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सेक्युरिटी प्रिन्टिङ प्रेस भ्रष्टाचारमा विकल पौडेल दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवाना

    सेक्युरिटी प्रिन्टिङ प्रेस भ्रष्टाचारमा विकल पौडेल दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवाना

    1.2K
    Shares
    सेक्युरिटी प्रिन्टिङ प्रेस भ्रष्टाचारमा विकल पौडेल दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवाना

    काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल सेक्युरिटी प्रिन्टिङ प्रेसको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

    पौडेललाई विशेष अदालतले भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो । अन्य पाँच आरोपीले भने सफाइ पाएका छन् ।

    अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई उनलाई दोषी ठहर गर्दै २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको हो । विशेष अदालतले बिगो बराबर नै जरिवाना हुने फैसलामा भनेको छ ।

    अअख्तियारले नौजनालाई प्रतिवादी बनाएर ३ वैशाख ०८० मा मुद्दा दायर गरेको थियो ।

    पौडेलले सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर खरिद गरेको प्रमाणबाट पुष्टि हुने भन्दै सम्झौताको सर्तविपरीत तोकिएको ‘कन्ट्री अफ ओरिजिन’बाट नगरी फरक मुलुकबाट खरिद गरी भुक्तानी गरेको भेटिएको विशेषको ठहर छ । साथै, खरिद सम्झौताबमोजिम गर्नुपर्ने मर्मतको कार्य नगरी झुटा बिलका आधारमा भुक्तानी दिएकोसमेत पुष्टि भएको छ ।

    यस्तै, अदालतले प्रतिवादी नवीनकुमार पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार १५९ रुपैयाँ जरिवानाको फैसला गरेको छ। जरिवाना बमोजिमकै बिगो जफतको फैसला पनि विशेष अदालतले गरेको छ।

    अदालतले रोहितमान प्रधानलाई पनि ५ करोड ८४ लाख ५५ हजार १५९ रुपैयाँ जरिवानाको फैसला गरेको छ। प्रधानलाई पनि जरिवाना बराबरकै बिगो जफतको फैसला भएको छ।

    अदालतले प्रतिवादी भुवन महर्जनलाई पाँच करोड ७० लाख ६२ हजार १३५ रुपैयाँ जरिवाना र सोही बमोजिम बिगो जफतको फैसला गरेको छ।

    अदालतले रमेशकुमार पोखरेल, मनिकमान महर्जन, शिरीष उपाध्याय, रामबहादुर बुढा र मित्रलाल गुरौलाई सफाइ दिएको छ।

     

    सेक्युरिटी प्रिन्टिङमा ६९ करोड घोटाला

    विशेष अदालतद्धारा विकल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend