काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका–५ मा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखासँगै बैंकको शाखा संख्या २७२ पुगेको छ । नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।
बैंकका प्रदेश प्रमुख राजीव गजुरेलले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रदेश प्रमुख गजुरेलले नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा उपलब्ध हुने बताए ।