logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करण जेठ १६ गतेदेखि

    सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करण जेठ १६ गतेदेखि

    1.2K
    Shares
    सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करण जेठ १६ गतेदेखि

    धनगढी । कैलालीको धनगढीमा जेठ १६ गतेदेखि नेपालकै पहिलो १७ वर्ष मुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करण सुरु हुने भएको छ। साहारा नेपाल युवा क्लबको आयोजनामा विगतका वर्षहरू झैँ यो वर्ष पनि प्रतियोगिता सुरु हुन लागेको हो।

    प्रतियोगिता टि–२० फर्मेटको प्रणालीबाट खेलाइने छ।

    प्रतियोगिता धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको जनता राष्ट्रिय विद्यालयको खेलमैदानमा हुन लागेको हो। उक्त प्रतियोगिता जेठ १६ देखि जेठ २५ गतेसम्म चल्नेछ।

    प्रतियोगितामा १० वटा टिमहरूको सहभागिता रहने आयोजक टिमका संस्थापक सदस्य मनोज भट्टले बताए ।

    प्रतियोगिताको मिति नजिकिएसँगै अहिले तीव्र गतिमा प्रतियोगिताको तयारी चलिरहेको छ। खेलमैदान सफाई देखि पिच बनाउने काम भइरहेको प्रतियोगिता संयोजक महेन्द्र सिंह धामीले बताए ।

    साहारा नेपालका अध्यक्ष अनन्त बोहराले समाजलाई खेलकुदको माध्यमबाट सकारात्मक बाटोमा डोर्याउन सकिने विश्वास रहेको र स्थानीय स्तरमा रहेका युवा खेलाडीलाई उत्पादन गर्दै उनीहरूलाई राष्ट्रिय टिममा जोड्ने अभियानमा लागिरहेको बताए ।

    साथै निकट भविष्यमा सुदूरपश्चिम सुपर लिगलाई नेपालकै सबैभन्दा ठूलो प्रतियोगिता बनाउने उद्देश्य रहेको पनि अध्यक्ष बोहराले बताए ।

    प्रतियोगिताको विजेताले ५० हजार नगद र उपबिजेताले ३० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend