काठमाडौं, ३ जेठ–मदन भण्डारी फाउण्डेसन पोखरा महानगरपालिका वडा कमिटि ५ ले २७ औं मदन आश्रित स्मृति दिवसको उपलक्ष्यमा सामाजिक दुरी कायम गर्दै रक्तदानको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान दिनु भएको थियो ।
रक्तदान कार्यक्रममा गण्डकी प्रदेशका माननिय सांसद तथा विधेयन समितिका सभापति एवं मदन भण्डारी स्पोर्ट एकेडेमीका केन्द्रिय उपाध्यक्ष मोहन रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मदन भण्डारी फाउण्डेनका जिल्ला अध्यक्ष एवं युवा संघ नेपालका पुर्व केन्द्रिय उपाध्यक्ष माधव वास्तोलालाई व्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख रेग्मीले जननेता मदन भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलन र विश्व कम्युनिष्ट आन्दोलनमा छोटो समयमा पुर्याउनु भएको योगदानको वारेमा चर्चा गर्नु भयो । आज कै दिन पारेर पार्टीको स्थापना भएको दिन । यो दिन नेपाली जनताको लागी विशेष दिनको रुपमा रहेको कुरा वताउनु भयो ।
‘कास्कीको जिल्ला अधिवेशन सकेर फर्किने क्रममा दास ढुङामा रहस्यमय रुपमा हत्या गरियो । हामी स्कटीङ गरेर चितवनसम्म लैजाने कुरा थियो । मदन भण्डारी कमरेड मान्नु भएन । हामीलाई यो कुराको पछुतो छ । यदि हामीहरु सगै स्कटिङमा जान पाएको भए हामीले हाम्रा नेताहरुलाई गुमाउन पर्ने थिएन की भन्ने कुराले हामीलाई अहिले सम्म घोचि रहन्छ’ भन्नु भयो । उहाँले प्रतिपादन गरेको जनताको वहुदलिय जनवाद आज पनि उतिकै सान्दभिक छ । यस विषयमा आगामी महाधिवेशनमा छलफल हुने र उहाँले देखाएको वाटोवाट नै नेपाल कम्युनिष्ट पार्टी अगाडी वढ्ने समेत वताउनुभयो । उहाँहरु दुवै हाम्रा आदरणीय नेताहरु हो हामी सदाको योगदानको सदा सदाको लागी कदर गरिरहने छौं भन्नु भयो ।
कार्यक्रममा मदन भण्डारी फाउण्डेसन जिल्ला अध्यक्ष माधव वास्तोला, जिल्ला सल्लाहकार तेजनारायण अधिकारी, वालराम गौतम, नेकपाका कास्कीका नेताहरु आर पि खनाल, शंकर पौडेल, कृष्ण न्यौपाने, वडा अध्यक्ष धन वहादुर नेपाली नेपाल रेडक्रस सोसाईटी कास्कीका मन्त्री धर्म अधिकारी लगायतको उपस्थिति थियो ।