logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

    ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

    4.9K
    Shares
    ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट हाएको छ । आज बिहीबार सुनको मूल्य तोलामा १८ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    आज तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६५ सय रुपैयाँ कायम भएको छ ।

    लगातार उकालो लागेको सुनको मूल्य पुनः घट्न थालेको छ । गत सोमबार सुनको मूल्यवृद्धिले नयाँ रेकर्ड राख्दै तोलाको १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर अहिले २३ सय ७३ डलर कायम भएको छ । यसको असर नेपाली बजारमा परेको हो । लगातार बढेको सुनको भाउमा थोरै करेक्सन भएको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । उनले यो घटाइ दीर्घकालिन नभएकाले फेरि सुनको भाउ बढ्ने संभावना रहेको जानकारी दिए ।

    डलर कमजोर भइरहेको र लगानीकर्ताले सुनलाई सुरक्षित क्षेत्र ठानेर लगानी बढाएपछि विश्व बजारमा सुनको मूल्य बढेको थियो । छिट्टै २५ सय डलर पुग्ने अनुमान गरिएको छ । केन्द्रीय बैंकहरुले धमाधम सुनको सञ्चिती बढाउँदा यसको असर विश्व बजारमा परेको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend