logo

२०८१ असार १० सोमबार

logo
  • सोमबार, १० असार २०८१
  • सिरोहिया पक्राउबारे निजी क्षेत्रले भन्याे : उजुरी परेकै भरमा पक्राउ गरिहाल्नु सकारात्मक सन्देश हाेइन

    सिरोहिया पक्राउबारे निजी क्षेत्रले भन्याे : उजुरी परेकै भरमा पक्राउ गरिहाल्नु सकारात्मक सन्देश हाेइन

    1.1K
    Shares
    सिरोहिया पक्राउबारे निजी क्षेत्रले भन्याे : उजुरी परेकै भरमा पक्राउ गरिहाल्नु सकारात्मक सन्देश हाेइन

    काठमाडौं । निजी क्षेत्रले संचार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

    कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा सबै स्पष्ट रहेको निजी क्षेत्रले जनाएको छ । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने निजी क्षेत्रले जनाएको छ ।

    निजी क्षेत्रले सँयुत्त विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विगत देखि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाईको मौका दिनुपर्ने भन्दै आइरहेका छौं । उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो । थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौं ।’

    ‘सर्वविदितै छ कि मुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि उठिसकेको छैन । अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकुल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरुलाई आग्रह पनि गरिएको छ । यस अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिनु हुदैन भन्ने हाम्रो सुझाव रहन्छ’ निजी क्षेत्रले भनेको छ ।

    कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न नसक्ने निजी क्षेत्रको भनाई छ । व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता रहेको निजी क्षेत्रले जनाएको छ ।

    निजी क्षेत्रले भनेको छ, ‘अहिले देशभित्रका साना देखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ । उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नु पर्दछ । देशभित्र व्यवसायिक वातावरण खल्बलाउने काम कहीँ कतैबाट पनि नहोस् भन्ने तर्फ हामी सबैको पुनः ध्यानाकर्षण गराउन चाहन्छौं ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend