logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सहकारी प्रकरणः कार्यदलको बैठकले निकालेन निस्कर्ष

    सहकारी प्रकरणः कार्यदलको बैठकले निकालेन निस्कर्ष

    1.1K
    Shares
    सहकारी प्रकरणः कार्यदलको बैठकले निकालेन निस्कर्ष

    काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक बिना निस्कर्ष सकिएको छ । शुक्रवार बिहान सिंहदरबारमा बसेको कार्यादलको बैठक बिना निस्कर्ष सकिएको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गदै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठक सकारात्मक रुपमा अघि बढिरहेको र कार्यादेश बनाउने गरी बैठक उन्मुख भएको बताए । उनले नेपाली कांग्रेसबाट निरन्तर उठाउँदै आएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गर्नुपर्ने कुराबाट कांग्रेस पछि हटेको र कांग्रेसले गृहमन्त्री संलग्न रहेको भनिएको र ऋण लिएको भनिएको विषयमा तोकेर कार्यादेश बनाउने कुरा अघि बढेको बताए ।

    उनले भने, ‘हामीले बैठक समापन गरेका छैनौँ, केही साइड छलफल भइरहेको छ । गृहमन्त्रीको पाटोबाट पनि केही छलफल भएको छ । बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ । गाँठो फुकाउनुपर्छ भन्नेतिर बैठक उन्मुख छ । नेपाली कांग्रेसबाट निरन्तर उठाउँदै आएको गृहमन्त्री रवि लामिछानेको नाम नै राखेर अनुसन्धान गर्नुपर्छ भन्ने विषय संसदबाट यस प्रकारबाट व्यक्तिका नाममा किटान गरेर सकिँदैन भन्ने भएको छ । नेपाली कांग्रेस यसमा थप लचकता अपनाएर आएको छ । गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ संलग्न भएका सहकारीको बारेमा नाम किटान गरेर जाऔँ भन्नेकुरामा लचकताका साथ आएको छ । त्यसबारेमा गृहमन्त्रीसँग पनि छलफल गर्नुपर्ने हुन्छ । हाउस अघि बढ्छ ।’

    उनले उपप्रधानमन्त्री लामिछानेले ऋण लिएको भनिएको सहकारीको नाम किटान गरेर अघि बढ्ने कुरामा सकारात्मक वार्ता भएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend