logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • संसदको गरिमा र ओझ खस्कँदै गएको छः पूर्वसभामुख सापकोटा

    संसदको गरिमा र ओझ खस्कँदै गएको छः पूर्वसभामुख सापकोटा

    679
    Shares
    संसदको गरिमा र ओझ खस्कँदै गएको छः पूर्वसभामुख सापकोटा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओझ खस्कँदै गएको बताएका छन् । शनिवार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन वागमी प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले संसदमा हुने वहस, छलफल, शब्द चयनहरु स्तरहिन, मर्यादाहिन भएको बताए । संसद कुनैपनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भएपनि संसदमा राम्रोसँग संसदीय गतिविधिहरु सञ्चालन हुन नसकेको बताए ।

    उनले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रुपमा देखिएको बताए । आगामी आर्थिक वर्षको बजेट कुनैपनि रोकतोक बिना संसदमा प्रश्तुत हुनेमा आफू आशावादी रहेको बताए । उनले अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको पनि बताए ।

    उनले भने, ‘अहिलेको राष्ट्रिय परिस्थितिमा अलिकति जटिल, पेचिलो परिस्थिति पैदा भएको छ । भर्खरैमात्र हाम्रो पार्टीका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मत लिनुभएको छ । मलाई भर्खरै नयाँ बनेको समीकरणमा खासै त्यस्तो ठूलो समस्या छैन । तर पनि सदन सुचारु गर्नका लागि दिनदिनै छलफल चलिरहेको छ । अहिले पनि छलफल जारी छ । निरन्तर जारी छ । नेतृत्व तहमा पनि छलफल चलिरहेको छ । भोलिसम्म सहमतिको वातावरण बन्ने आशा गर्न सकिन्छ ।

    सकारात्मक वातावरण बनिरहेको भनिएको छ । कुनै न कुनै तरिकाले सहमति बन्छ र निकास निस्किन्छ । २०८१ सालमा प्रश्तुत गर्ने बजेट सदनमा निर्विघ्नतापूर्वक प्रश्तुत हुने आशा छ । राष्ट्रिय परिस्थितिको बारेमा कुराकानी गर्दा अहिले एउटा अराजकताको स्थिति र अर्कातिर प्रियतावादको रुझान, अस्तव्यस्तताको स्थिति देखिन्छ । संसद कुनैपनि देशको रुपमा फरक फरक हुन्छन् । संसद कुनैपनि देशको लोकतन्त्रको आत्मा हो, सुशासनको राम्रो महत्वपूर्ण संवाहक हो ।

    तर त्यहाँ आज राम्रोसँग गतिविधि अघि बढेका छैनन् । संसद भन्दा उच्च जनप्रतिनिधिको थलो अर्को छैन । त्यहाँ हुने छलफल, वहस, शब्द चयन, वाक्य गठन सुन्दा हामीलाई के लाग्छ भने स्तरहिन, मर्यादाहिन भएको छ । ओझ र गरिमायुक्त हुनुपर्ने ठाउँमा दिनदिनै ओझ र गरिमा नभइ आफ्नो साख गिराउँदैछ ।’

    उपाध्यक्ष सापकोटाले देश अहिले छटपटि, उकुसमुकुस वातावरणमा रहेको बताए । उनले देशमा विचारहीनको स्थिति सिर्जना भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend