logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कार्यदलको बैठक सिंहदरबारमा सुरु

    कार्यदलको बैठक सिंहदरबारमा सुरु

    952
    Shares
    कार्यदलको बैठक सिंहदरबारमा सुरु

    काठमाडौं । सहकारीको विषयमा छानबिन समिति बनाउन कार्यविधि तय गर्न बनेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । सहकारीको वचत रकम अपचलनमा नेपाली कांग्रेसको माग अनुसार बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने कार्यदलको बैठक सुरु भएको हाे ।

    कार्यदलका सदस्यहरुले शनिबारको बैठकबाट सहमति हुने दाबी गरेका छन् ।

    नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्ने भाषा टीओआरमा राख्नैपर्ने अडान राखेको छ ।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजन गर्ने कार्यदलमा नेपाली कांग्रेसबाट जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेबाट महेश बर्तौला, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल सदस्य छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend