logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • संसदीय छानविन समिति बनाउने बाटो खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह

    संसदीय छानविन समिति बनाउने बाटो खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह

    826
    Shares
    संसदीय छानविन समिति बनाउने बाटो खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउन बाटो खुल्ला गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

    आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानविन समिति बनाउन बाटो खुला गर्न आग्रह गरेका हुन् ।

    उनले छानविन समिति बनाउने सन्दर्भमा गृहमन्त्रीले नेतृत्व गर्नुपर्ने बताए । उनले छानविन समिति बनाउँदैमा दोषि र निर्दोष नहुने भन्दै निर्दोष भएमा पुनः गृहमन्त्रीको रुपमा आउन सकिने पनि बताए । उनले नयाँ दलहरु पुरानो दलको विकल्पको रुपमा आएका भन्दै सहकारी प्रकरणले नयाँ शक्तिहरुले पनि नाक देखाउने ठाउँ नरहेको बताए ।

    उनले भने – ‘प्रतिपक्षमा एउटा बोली आज सरकारमा अर्को बोली गर्ने हो भने म गृहमन्त्रीलाई भन्न चाहन्छु तपाई हामीलाई हेर्नुस्, जनताले हामीलाई भोट यिनै पुराना दलले काम गरेनन् भनेर यिनीहरुको विकल्पमा हालेको भोट हो । गृहमन्त्रीज्य छानविन समिति बनाउन दिनुस् । खुला गरिदिनुस् । दोषि भए कारबाही होला । निर्दोष भए तपाई फेरी यही संसदमा गृहमन्त्रीको रुपमा अगाडी आउनुहोला । तपाईलाई कसले रोक्न सक्छ ? छानविन समिति बनाउँदैमा दोषि र निर्दोष भन्ने कुरा हुँदैन ।

    तर आज हामी नयाँ शक्तिहरुले पनि नाक देखाउने ठाउँ रहेन । के फरक भयो ? हामी एकछिन इतिहास सम्झौँ त । के थियो हाम्रो पार्टी संगठन ? कुन ठाउँमा हामी थियौँ ? जनताले यि पुराना दलहरुले गर्न सकेनन् । विकल्पको रुपमा उहाँहरु जानुपर्छ भनेका हुन् । तर अहिले संसद बाधक बनेको छ । छानविन समिति आवश्यक छ । गृहमन्त्रीज्युलाई भन्छु, अस्ति यहाँनिर बस्दाखेरी गरेको बोली आज त्यहाँनिर बस्दाखेरीको बोली फरक हुनु भएन । छानविन समिति बनाउनुप¥यो । गृहमन्त्रीले यसको नेतृत्व गर्नुप¥यो । छानविन समिति बनाउनुपर्छ । जनतालाई न्याय दिनुपर्छ ।’

    उनले प्रतिपक्षमा हुँदा एउटा बोली र सत्तामा हुँदा अर्को बोली नगर्न पनि गृहमन्त्रीलाई आग्रह गरे । नेपाली कांग्रेको नाराबाजीको बिच प्रतिनिधि सभा बैठक चलाइएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend