logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बजेट वक्तव्य पढ्ने बेलासम्म संसदीय समिति बनाउन सहमती बन्छ : प्रधानमन्त्री दाहाल

    बजेट वक्तव्य पढ्ने बेलासम्म संसदीय समिति बनाउन सहमती बन्छ : प्रधानमन्त्री दाहाल

    819
    Shares
    बजेट वक्तव्य पढ्ने बेलासम्म संसदीय समिति बनाउन सहमती बन्छ : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानविन समिति बनाउन समझदारीमा पुगिने बताएका छन् ।

    आईतवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानविन समिति गठनको लागि सहमतीमा पुगिने बताएका हुन् ।

    उनले आफूले संसदमा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताए । उनले टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आज(आईतवार) बेलुकासम्ममा नै समझदारी हुनसक्ने बताए ।

    उनले भने – ‘मैले केही दिनदेखि लगातार राजनीतिक दलहरुसँग, प्रतिपक्ष दलका नेताहरुसँग छलफल आयोजना गरिराखेको छु र यो गतिरोधको अन्त्य गर्नको निम्ति प्रयास भइराखेको छ । हामी सहमती र समझदारीको धेरै नजिक पुगेको पनि बेला–बेलामा हामीले महशुस गरेका छौँ । आज बिहान मात्रै पनि मैले नेपाली काँग्रेसका सभापति लगायतका नेताहरुसँग बुढानिलकण्ठमा नै पुगेर सभापतिजीको घरमै पुगेर पनि सहमतीको निम्ति प्रयास गरेको छु ।

    र मलाई के आशा छ भने आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमती र समझदारी बन्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । किनकी हामी त्यसको नजिकै छौँ । अहिले भर्खरै रास्वपाको तर्फबाट स्वर्णिम वाग्लेले छानविन समिति बनाउन हामीलाई आपत्ति छैन भन्नुभएको छ र संसदीय छानविन समिति बनाउने कुरामा सबैको सहमती भइ नै सकेको छ ।

    अब त्यसको टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गर्दा मलाई लाग्छ आज बेलुकासम्म वा भोली बिहानसम्म सझदारी हुन सक्छ । र प्रधानमन्त्रीको हैसियतले मैले त्यो समझदारी कायम होस् भन्नको निम्ति निरन्तर प्रयास गरेको म जानकारी गराउन चाहन्छु ।’

    उनले संसदीय समिति गठनमा सहमती भइसकेको उल्लेख गर्दै टिओआरमा पनि सहमतीको नजिकै पुगेको जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend