logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकार पेलेरै जान्छ भने चुनौति सामना गर्न कांग्रेस तयार छः नेता सिटौला

    सरकार पेलेरै जान्छ भने चुनौति सामना गर्न कांग्रेस तयार छः नेता सिटौला

    980
    Shares
    सरकार पेलेरै जान्छ भने चुनौति सामना गर्न कांग्रेस तयार छः नेता सिटौला

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेसल चुनौति सामना गर्न तयार रहेको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने बताए । उनले जनतका हितमा काम नगर्ने सरकार र जनताका आवाज नउठाउने प्रतिपक्ष छिटै सकिने जिकिर गरे । उनले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसदमा निरन्तर उठाउनुपर्ने बताए । उनले कांग्रेससहितका प्रतिपक्ष दलहरुले संसदमा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिलाई सामना गर्न कांग्रेस तयार रहेको बताए ।

    उनले सरकार पेलेर जाने हो भने कांग्रेस सहेर नबस्ने चेतावनी दिए । उनले कांग्रेसले आफू मात्रै अन्याय भएको महशुस नगरेको भन्दै आम जनतामा अन्याय भएको कुरा काँग्रेसले उठाएको बताए ।

    उनले भने, ‘सरकारले जनताको हितमा काम गर्नुपर्छ । संविधानले जनतालाई दिएको हकहरुलाई प्रचलनमा ल्याउनुपर्छ । प्रतिपक्षले जनताको आवाज जनतालाई संविधानले दिएको अधिकारको कुरा प्रतिपक्षले संसदमा निरन्तर उठाउनुपर्छ । प्रतिपक्षले कुरा उठाएन प्रतिपक्ष सिद्धियो । सरकारले जनताको हितमा काम गरेन, सरकार सिद्धियो । प्रतिपक्षले प्रतिपक्षमा नेपाली कांग्रेस बाहेकका केही दलहरु पनि छन् । प्रतिपक्षले संसदमा जनताका आवाज उठाइरहेको छ ।

    आवाज बुलन्द गरेको छ । सरकारले यसलाई छिटै गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्छ । सरकार पेलेरै जान खोज्छ भने पेलेर जाने प्रवृत्तिलाई हामीले त्यो चुनौतिलाई सामना गर्नेछौँ । हामीले भनेका पनि छौँ । सरकार साँच्चै यसै ढंगले गइराख्ने हो भने कांग्रेस तयार छ । कांग्रेस सहेर त बस्न सक्दैन । कांग्रेसले आफू मात्रै अन्याय भएको महशुस गरेको छैन, आम जनतामा अन्याय भएको कुरा काँग्रेसले उठाएको छ ।’

    नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानून नै बन्न नसकेको बताए । उनले कानून संघीय संसद बनाउनुपर्ने भएपनि प्रदेश लक्षित बन्न नसकेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend