logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • आज शेयर बजार दोहोरो अंकले घट्यो

    आज शेयर बजार दोहोरो अंकले घट्यो

    700
    Shares
    आज शेयर बजार दोहोरो अंकले घट्यो

    काठमाडौं । आज आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २२.१४ अंकले घटेर २,१०९ को विन्दुमा कायम भएको छ ।

    आज २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २१५ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज २१३ कम्पनीको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको १५ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    कालिञ्चोक दर्शनका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिटी होटलस्का लगानीकर्ताले ८.२४ प्रतिशत र सनराइज ब्लुचिप फण्डका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् ।

    त्यस्तै, आज इन्फिनीटि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend