logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • १५ गते अर्थमन्त्रीले संसदबाट नै बजेट भाषण गर्नुहुन्छः प्रमुख सचेतक बर्तौला

    १५ गते अर्थमन्त्रीले संसदबाट नै बजेट भाषण गर्नुहुन्छः प्रमुख सचेतक बर्तौला

    1.1K
    Shares
    १५ गते अर्थमन्त्रीले संसदबाट नै बजेट भाषण गर्नुहुन्छः प्रमुख सचेतक बर्तौला

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जेठ १५ गते काँग्रेसले संसदमा विरोध गरेपनि अर्थमन्त्रीले संसदबाट नै बजेट भाषण गर्ने बताएका छन् । आईतवार प्रतिनिधि सभा बैठकपछि संसदभवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

    उनले संविधान बमोजिम जेठ १५ गते संसदबाट बजेट ल्याउनुपर्ने प्रावधान रहेको बताए । उनले संविधानले दिएको व्यवस्थालाई सरकारले अवमूल्यान गर्न नमिल्ने भन्दै १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेको बताए । उनले नेपाली काँग्रेसले उठाएको विषयमा सरकार सकारात्मक रहेको बताए । उनले नेपाली काँग्रेसले बजेट ल्याउनको लागि सहयोग गर्नुपर्ने बताए । उनले काँग्रेसले संसदको अवरोध राखे पनि सरकारले बजेट अन्य बाटोबाट भन्दा पनि संसदभित्रबाट ल्याउने बताए ।

    उनले भने,‘ संविधान बमोजिम जेठ १५ गते बजेट ल्याउनुपर्छ । नेपाली काँग्रेसलाई हाम्रो पटक–पटकको आग्रह हो । संविधानले दिएको व्यवस्थालाई सरकारले अवमूल्यान गर्न सक्दैन । जेठ १६ गते बजेट ल्याउने सुविधा सरकारलाई छैन । नेपाली काँग्रेसले जे विषय उठाउनुभएको छ । उठाउने कुरामा रोक्नुस भन्दैनौं तर सहमतिमा आउनुपर्छ भन्छौं । सरकारले आगामी आर्थिक वर्षको बजेट यही संसदबाट ल्याउँछौं । नेपाली काँग्रेसले बजेट ल्याउनको लागि सहयोग गर्छ । काँग्रेस सबै कुरा बुझेको राजनीतिक शक्ति हो । लामो संसदीय अभ्यासबाट आएको र भोली संसदमा आएर सरकारमा पुग्ने काँगे्रस हो भने संवैधानिक व्यवस्थाको बाध्यतालाई बुझेर सहजिकरण गर्छ ।

    अवरोध गरिराख्नु भयो भने पनि अरु बाटोबाट भन्दा पनि संसदभित्रबाटै बजेट आउँछ । अर्थमन्त्रीलाई बजेट पढ्न नाराबाँजीले असर प¥यो भने पनि कानमा कपास राखेर भए पनि बजेट पढ्नु पर्ने हुन्छ । सरकारले प्रतिपक्षलाई पेल्न खोजेका छैनौ सहमतिमा ल्याउन खाजेका छौं । प्रमुख प्रतिपक्षले भनेका सबै विषयवस्तुहरुलाई स्वीकार गर्न तयार उहाँहरुले भनेका सहकारीहरुको नाम राख्न पनि तयार,गोरखा मिडिया राख्न पनि तयार छौं । तर गोरखा मिडियाका गार्डदेखि एमडीसम्म संसदीय समिति जान मिल्छ की मिल्दैन । त्यसैले सत्तापक्षले होइन काँग्रेसले बलमिचाई गरेको छ ।’

    उनले सरकारले प्रमुख प्रतिपक्षलाई पेल्न नखोजेको भन्दै सहमतिमा ल्याउन खाजेको बताए । उनले प्रमुख प्रतिपक्षले भनेका सबै विषयवस्तुहरुलाई स्वीकार गर्न तयार रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend