logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • देशकाे बेरुजु करिब १२ खर्ब पुग्यो, अद्यावधिक बेरुजु ६ खर्ब

    देशकाे बेरुजु करिब १२ खर्ब पुग्यो, अद्यावधिक बेरुजु ६ खर्ब

    679
    Shares
    देशकाे बेरुजु करिब १२ खर्ब पुग्यो, अद्यावधिक बेरुजु ६ खर्ब

    काठमाडौं । महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गरेको छ। महालेखापरीक्षक तोयम रायाले आइतबार राष्ट्रपतिलाई ६१औँ वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

    लेखापरीक्षण प्रतिवेदनअनुसार आव ०७९/८० सम्म नेपालको कुल बेरुजु करिब १२ खर्ब पुगेको छ। कार्यालयका अनुसार आव ०७९/८० सम्मको कुल अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब छ।

    लेखापरीक्षण प्रतिवेदनअनुसार कानुन र प्रक्रिया मिचेर राज्यकोषबाट खर्च भएको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा ठूलो मात्रामा थप भएपछि हालसम्मको बेरुजु रकम करिब १२ खर्ब बेरूजु पुगेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

    यो वर्ष संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, सङ्गठित संस्था, समिति तथा अन्य संस्था समेतको ७८ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँको लेखापरीक्षण गर्दा १ खर्ब २७ अर्ब ७४ करोड बेरुजु देखिएको छ ।

    महालेखाले संघीय मन्त्रालय तथा निकाय, प्रदेश, स्थानीय तह, समिति र अन्य संस्था तथा संगठित संस्था समेत गरी ५ हजार ६०५ वटा संस्थाको लेखा परीक्षण गरेको थियो । यी निकायले राज्यकोषबाट गरेको आर्थिक कारोबार र अन्य काम कारवाहीको लेखापरीक्षण गर्दा महालेखाले सो बेरुजु भेटेर कायम गरेको हो ।

    लेखापरीक्षण प्रतिवेदनमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्नेसहितको कारबाही गरी टुंगो लगाउनुपर्ने बेरुजु ११ खर्ब ८३ अर्ब पुगेको हो।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend