एजेन्सी । दक्षिणी मेर्सिन प्रान्त टर्किएमा आईतवार भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु हुनुका साथै अन्य ३९ जना घाइते भएको गृहमन्त्री अली येर्लिकायाले जानकारी दिएका छन् ।
मेरसिनको भूमध्यसागरीय शहर नजिकैको टार्सस जिल्लामा एउटा इन्टरसिटी यात्रुवाहक बस, ट्रक र कारहरू चेन दुर्घटनामा परेका थिए ।
वर्षाका कारण बस चिप्लिएर दुर्घटना भएको बताइएको छ ।