logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • विपद् जोखिम उद्धारसम्बन्धी कानूनको कार्यान्वयनमा समस्या छः प्रहरी महानिरीक्षक कुँवर

    विपद् जोखिम उद्धारसम्बन्धी कानूनको कार्यान्वयनमा समस्या छः प्रहरी महानिरीक्षक कुँवर

    707
    Shares
    विपद् जोखिम उद्धारसम्बन्धी कानूनको कार्यान्वयनमा समस्या छः प्रहरी महानिरीक्षक कुँवर

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विपद् जोखिम उद्धारका कानून कागजमा राम्रो भएपनि व्यवहारमा लागू गर्न समस्या रहेको बताएका छन् । सोमवार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरुसँगको छलफलमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन् ।

    उनले जोखिम उद्धार सम्बन्धि कानूनहरु कागजमा राम्रो भएपनि व्यवहारमा कार्यान्वयन गर्न समस्या रहेको भन्दै सहज बनाउन आवश्यक रहेको बताए । उनले विपद् आउँदा समन्वय र सहजिकरण गर्ने काम पहिलो पङ्तिमा रहेर नेपाल प्रहरीले गरिरहेको बताए । उनले प्रहरी परिचालनको हकमा १२५ जना विपद् व्यवस्थापन महाशाखाबाट आवश्यकता अनुसार त्यसलाई पनि परिचालन गर्ने गरेको बताए ।

    उनले प्रदेश स्तरमा १२५ जना र जिल्ला स्तरमा २५ जनाको युनिटलाई जोखिम उद्धार परिचालन गर्ने गरिएको बताए । उनले जिल्ला तहमा प्रहरीमा पनि विज्ञ उद्धार टोलीको अभाव रहेको बताए । उनले विपद्मा तत्काल घरेलु किसिमका उद्धारमा प्रयोग हुने घरेलु औजारहरु मात्रै रहेको गुनासो गरे ।

    उनले भने,‘ विपद् जोखिम उद्धारको लागि कागजमा राम्रो छौं तर त्यसलाई व्यवहारमा लागू गर्न समस्या छन् । पहिलो पङ्तिमा नेपाल प्रहरी भएकाले विपद् आउँदा त्यसलाई समन्वय र सहजिकरण गर्ने काम ग्रहरीले गर्छ । मनसुनको बेला आउँछ समस्या आउँछन् । विगतमा जोखिम आउँदा प्रहरीका ड्राइभर नै बसेर रातभरी काम गरेका थियौं । प्रहरी परिचालनको हकमा १२५ जनाको विपद् व्यवस्थापन महाशाखा छ । आवश्यकताअनुसार त्यसलाई पनि परिचालन गर्ने गरेका छौं । प्रदेश स्तरमा १२५ जनाको जोखिम उद्धार टोली छ त्यसलाई पनि परिचालन गर्नसक्छौ ।

    जिल्ला स्तरमा २५ जनाको युनिट छ । तर त्यहाँ विपत उद्धार विज्ञता भएका स्पटिज छैन । विपद्को सूचना र तत्काल घरेलु किसिमका उद्धारमा प्रयोग हुने घरेलु औजारहरु मात्रै छन् । त्यसलाई प्रयोग गरेको अवस्था छ । सुरक्षा फौज बाहेक तत्काल विपद्मा खट्ने बाहेक अरु सहयोगका अवस्था छैन । धेरै पटक अन्य सहयोग जुटाउन खोज्दा पनि सहयोग प्राप्त भएको छैन । जोखिम क्षेत्र थाहा भएपनि सूचना दिएर व्यवस्थापन गर्न सकिएको छैन । त्यो कुरा गर्न सकियो भने समस्या छैन । हामी सहजिकरण,समन्वय र तत्काल उद्धार गर्ने हकमा काम गरिरहेका छौं ।’

    उनले सुरक्षा फौज बाहेक तत्काल विपद्मा खट्ने बाहेक अरु सहयोगका अवस्था अहिलेसम्म नभएको बताए । उनले धेरै पटक अन्य सहयोग जुटाउन खोज्दा पनि सहयोग प्राप्त नभएको उल्लेख गरे । उनले नेपाल प्रहरीले जोखिमको सहजिकरण,समन्वय र तत्काल उद्धार गर्ने काम गर्दै आएको बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend