logo

२०८१ कार्तिक २५ आइतबार

logo
  • आइतबार, २५ कार्तिक २०८१
  • स्टार्टअप उद्यमीलाई लगानी व्यवस्थापन गर्न स्टार्टअप बोर्ड गठन घोषणा

    स्टार्टअप उद्यमीलाई लगानी व्यवस्थापन गर्न स्टार्टअप बोर्ड गठन घोषणा

    539
    Shares
    स्टार्टअप उद्यमीलाई लगानी व्यवस्थापन गर्न स्टार्टअप बोर्ड गठन घोषणा

    काठमाडाैं । सरकारले स्टार्टअप उद्यमीलाई सहजिकरणको लागि सहजिकरण र नियमन गर्न स्टाटप बोर्ड गठन गर्ने भएको छ । मंगलवार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

    उनले सरकारले उद्यम युवा सहभागिता बनाउन स्टर्टअप र नवप्रर्वतनका इको सिस्टम विकास गरी उद्यमशिल वातावरण सिर्जना गर्ने बताए । उनले स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न १ अर्बको नेपाल स्टाटप कोष खडा गरेको बताए । उनले युवाहरुको उद्यमसिल सोचलाई व्यवसायमा रुपान्तरण गर्न प्रत्येक प्रदेशमा विजनेश इन्कोभेसन सेन्टर सञ्चालन गरिने बताए ।

    उनले बैंक तथा वित्तिय संस्थाहरुबाट प्रवाह हुने कर्जालाई स्टाटप लगानी गर्न प्रोशाहन गरिने बताए । महिला उद्यमीहरुबाट उत्पादित वस्तु तथा सेवाको प्रवद्र्धनको लागि सार्वजनिक निजी साझेदारीमा काठमाडौंको चोभारमा प्रदर्शनीस्थल निर्माण गरिने बताए । सरकारले महिला उद्यमीहरुले उत्पादन गरेको वस्तु बिक्री गर्न कोसेली घर स्थापना गर्ने भएको छ ।

    उनले उद्योग र सीप सम्बन्धि कानूनलाई परिमार्जन गर्दै लगिने बताए । उनले घरेलु मदिराको उत्पादन ब्राण्डिङ,बजारिकरण तथा बिक्री गर्न कानूनी व्यवस्था मिलाउने बताए । उनले औद्योगिक विकास र प्रवद्र्धनको लागि ६ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend