logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन

    637
    Shares
    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन

    काठमाडौँ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरेको छ ।

    मंगलवार संसदमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले बजेट विनियोजन गरेका हुन् । उनले अपांगमैत्री र सुरक्षित कक्षा कोठा निर्माणको लागि २ अर्ब ५० करोड रकम विनियोजन गरेको बताए ।

    उनले १२ कक्षा पूरा गरेका विद्यार्थीहरुलाई सीप र रोजगारीमा आवद्ध गरिने बताए । उनले प्राविधिक धारको शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न गरिब तथा जेहेन्दार छात्रवृद्धि कार्यक्रम सञ्चालन गरिने बताए । उनले प्राविधिक शिक्षातर्फ १ अर्ब ५९ करोड विनियोजन गरेको बताए ।

    उनले सरकारले उच्च शिक्षाको लागि २१ अर्ब ४५ करोड विनियोजन गरेको बताए । सरकारले २०८१ देखि २०९१ सम्मलाई विज्ञान प्रविधि दशकको रुपमा कार्यान्वयन गर्ने बताए ।

    उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोन गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend