काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिर जमानीमा रिहा गरिएको छ ।
प्रहरीले खोजेका बखत उपस्थित हुने सतमा सिरोहिया आज रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रन्जन अवाले सुनौलो नेपाललाई बताए ।
उनले भने, “प्रहरीले खोजेको बखतमा उपस्थित हुने गरी रिहाइ गरिने पत्र हामीलाई प्राप्त भएको थियो, हामीले जिल्ला प्रहरी परिसर ललितपुरलाई पत्र पठाएका थियौँ, उतैबाट रिहाइ हुनु भएका हुन् ।”