logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • गृहमन्त्री लामिछानेको सडकमा स्वयंसेवक खटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    गृहमन्त्री लामिछानेको सडकमा स्वयंसेवक खटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    1.6K
    Shares
    गृहमन्त्री लामिछानेको सडकमा स्वयंसेवक खटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

    उक्त निर्णयविरुद्ध रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल, उज्जल माली, ईमामुल हक र राजु परियारले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

    मानव अधिकारको विश्वव्यापी घोषणाको धारा ३ र ५ तथा संविधानको धारा २२ ले यातनाविरुद्धको हक प्रदान गरी सोलाई कसुर भनी परिभाषा समेत गरेको अवस्थामा सामान्य गल्तीमा समेत सडकमा उभ्याई बलपूर्वक सवारी नियमनको काममा लगाउँदा समग्र चालकहरूको हक हितमा गम्भीर असर परेको रिटमा दाबी गरिएको छ ।

    उक्त कार्य तत्काल बन्द गर्न अन्तरिम आदेशको माग गरिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend