logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • बजेटमा आइटी क्षेत्रलाई प्राथमिकता दिएपनि कार्यान्वयन गर्ने कार्ययोजना सरकारसँग छैनः पूर्वअर्थमन्त्री महत

    बजेटमा आइटी क्षेत्रलाई प्राथमिकता दिएपनि कार्यान्वयन गर्ने कार्ययोजना सरकारसँग छैनः पूर्वअर्थमन्त्री महत

    560
    Shares
    बजेटमा आइटी क्षेत्रलाई प्राथमिकता दिएपनि कार्यान्वयन गर्ने कार्ययोजना सरकारसँग छैनः पूर्वअर्थमन्त्री महत

    काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले बजेटमा आइटी क्षेत्रलाई प्राथमिकता दिएपनि कार्यान्वयनको कार्ययोजना नभएको बताएका छन् । शुक्रवार काठमाडौंमा भएको मुलुकको आर्थिक अवस्था र बजेट समिक्षा विषय कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

    उनले सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको कार्ययोजना बिना प्रश्तुत गरेको बताए । उनले सरकारले ल्याएको बजेटका हरेक कार्यक्रम र योजनाहरु कार्यान्वयनमा चुनौति रहेको बताए । उनले आगामी आर्थिक वर्षको बजेट ऋण लिएको रकम लगानी गरी ऋणको सावाँ ब्याज तिरेर नाफा गर्ने लक्ष्य राख्नुपर्ने भएपनि ऋणमा मात्रै निर्भरता हुने गलत नीति लिएको दाबी गरे । उनले बजेटका ऋणको हिसा बढाउनु राम्रो नभएको बताए । उनले वैदेशिक ऋणको हकमा यही पस्ताविक ऋण पनि सरकारको कार्यान्वयन क्षमताका कारण कार्यान्वयन हुन ग्राहो रहेको बताए ।

    उनले निजी क्षेत्रको मनोवल बढाउने भन्दा पनि निराशा थप्ने बजेट आएको टिप्पणी गरे । उनले सरकारले एक वर्षमा परिणाम निकाल्ने कार्ययोजनासहित बजेट ल्याउन पर्ने भएपनि त्यस्तो नभएको बताए । उनले निजी क्षेत्रलाई मनोवल उच्च बनाउने र अर्थतन्त्र चलायमान बनाउने मात्रै भनिएको तर ठोस कार्ययोजना सरकारसँग नभएको बताए । उनले आफूले प्याज,आलु र स्याउमा भ्याट भन्सारबिन्दुमा लगाएको तर अर्थमन्त्रीले प्याज,आलु र स्याउमा भ्याट हटाएको भन्दै आन्तरिक उत्पादनलाई प्रोत्साहित हुने झुटो कुरा गरेको बताए ।

    उनले भन्सार बिन्दुमा प्याज,आलु र स्याउमा भ्याट आन्तरिक उत्पादनलाई प्रतिष्पर्धी बनाउन लगाएको बताए । उनले प्याज,आलु र स्याउमा आयात गर्ने व्यवसायीहरुको कुरा सुनेर भ्याट हटाइएको आरोप लगाए । उनले सरकारले ल्याएको बजेट समग्रमा ६ प्रतिशतको आर्थिक वृद्धि भने पनि ५ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि नहुने बताए । उनले सरकारले बजेट वितरणमुखी ल्याएको दाबी गरे ।

    उनले भने,‘सरकारले ऋण लिएर लगानी गर्दैछ भने ऋणको सावाँ ब्याज तिरेर पनि नाफा गर्ने लक्ष्य राख्नुपर्छ । त्यो नराखि ऋणमा निर्भरता हुने सरकारको गलत नीति हो । केही बढाउनु ठिकै थियो तर जनु मात्रामा बढाइएको छ । त्यो गर्नु ठिक होइन । वैदेशिक ऋणको हकमा यही प्रश्ताविक ऋण पनि सरकारको कार्यान्वयन क्षमता र गतिले कार्यान्वयन हुन ग्राहो छ । यसले गर्दा बजेटले राखेको प्रश्ताव कार्यान्वयन नहुने अवस्था आउँछ । निजी क्षेत्रको मनोवल बढाउने भनिएको छ । १५ लाख रोजगारी १० वर्षमा रोजगारी भनिएको छ । एक वर्ष सरकार बस्छकी बस्दैन १० वर्षका कुरा गरेर के गर्ने ? एक वर्षमा परिणाम के निकाल्छ त्यसको कार्ययोजना हुनुपर्छ ।

    यो केही पनि छैन । अर्थमन्त्री ओभानो निष्कन खोज्नुभएको छ । निजी क्षेत्रलाई मनोबल उच्च बनाउने र अर्थतन्त्र चलायमान बनाउने मात्रै भनिएको छ । त्यो गलत छ । मैले प्याज,आलु र स्याउमा भ्याट भन्सारविन्दुमा लगाएको हो । आन्तरिक नउठाउने भनेको थिए । अर्थमन्त्रीले प्याज,आलु र स्याउमा भ्याट हटाएको छु । यसले आन्तरिक उत्पादनलाई प्रोत्साहित हुने छ भनेर छुटो कुरा गर्नुभयो । आन्तरिक उत्पादनमा कर लगाएको थिइन । भन्सारमा लगाएको हो ।

    भन्सार बिन्दुमा प्याज,आलु र स्याउमा भ्याट आन्तरिक उत्पादनलाई प्रतिष्पर्धी बनाउन थियो । आयातमा संलग्न भएकाहरुको कालिमाटीसँग निकटता छ । उनीहरुको इरासामा सरकारले हटायो । यसले आन्तरिक उत्पादनमा प्रोत्साहित हुँदैन । आइटीमा गत वर्ष मैले ल्याएको नीतिको निरन्तरता होला । आइटीलाई पनि अगाडि बनाउने ठोस योजना केही पनि छैन । सरकारले ल्याएको बजेट समग्रमा ६ प्रतिशतको आर्थिक वृद्धि भनेर राख्नु भयो । ठिकै छ तर ५ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि हुँदैन । सरकारको अहिलेको रङ्ग र ढङ्गले ४ प्रतिशत आर्थिक सुधार अवस्था थियो । अहिलेको सरकारको वितरण मुखी एजेण्डा छ त्यसले उपलब्धी हासिल गर्दैन ।’

    उनले चालु आर्थिक वर्षमा आफूले रोकेको वितरणमुखी बजेटलाई अर्थमन्त्री वर्षमान पुनले खुला गरेको आरोप लगाए । उनले आन्तरिक ऋण मार्फत चालु आर्थिक वर्षको भन्दा ९९ अर्ब नेपाली बैंकहरुबाट आन्तरिक ऋण लिने निर्णयले बजारमा बैंकको ब्याजदरमा पर्ने बताए । त्यस्तै निजी क्षेत्रले प्राप्त गर्ने कर्जामा दबाब पर्ने उल्लेख गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend